☰ open Loading... 30 April 2024|  

परीक्षा दिन डेरामा बसेकी युवतीको हत्या
  | १३ चैत्र २०७४, मंगलवार १७:४७

सुर्खेत । एसइई परीक्षा दिन डेरामा बस्दै आएकी एक युवतीको हत्या भएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतमा पर्ने पञ्चपुरी नगरपालिकाको बावियाचौरमा एसइई परीक्षा दिन डेरामा बस्दै आएकी पञ्चपुरी–३ बस्ने १८ वर्षीय गाैरीकला रोकायको गएराती हत्या भएको हो ।


सूर्यप्रकाश मावि सालकोट पलैटेका छात्रा रोकाय जीवनज्योती मावि बावियाचौर परीक्षा केन्द्रबाट एसइई परीक्षा दिन डेरामा बस्दै आएकी थिईन् । उनी मंगलबार विहान ६ बजे कोठामा मृत अवस्थामा घर मालिकले देखेपछि प्रहरी र आफन्तलाई खवर गरेका थिए ।

छाेरीकाे हत्यारालार्इ कारवाहीकाे माग गर्दै उजूरी दिन वीरेन्द्रनगर अाइपुगेकाे गाेरीकलाका बुवा ।

छोरी स्वभाविक मृत्यु नभई हत्या नै गरिएको भन्दै बुवा कालो रोकायले घटनाको छानविन गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यान अन्तरगत उजूरी दिएका छन् । ‘घटनाको प्रकृती हेर्दा कोही कसैले हत्या नै गरेको हो’ गोरीकलाका बुवाले भने,–‘तत्काल दोषी पत्ता लगाई न्याय दिलाउन माग गर्दछु ।’

के भन्छ प्रहरी ?
ईलाका प्रहरी कार्यालय बावियाचौरले गोरीकलाको स्वभाविक मृत्यु नभएको भन्दै अनुसन्धानमा जुटेको छ । ‘घटनामा संलग्नको आशंकामा ४ जनालाई प्रकाउ गरी अनुसन्धान अघि बढाएका छौं’ ईलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरिक्षक सुशोभन श्रेष्ठले भने,–‘प्रारम्भिक अनुन्धानबाट गोरीकलाको हत्या नै भएको देखिन्छ, यस विषयमा हामी गम्भीर भएर लागेका छौं ।’ प्रहरी स्रोतका अनुसार गोरीकलाको हत्यामा ढुंगाको समेत प्रयोग गरिएको छ ।