☰ open Loading... 23 December 2024|  

‘लुकेका प्रतिभाहरू खाेजी गर्न प्रदेश अाइडल सञ्चालन गरेका हाैं’
  | १६ चैत्र २०७४, शुक्रबार १७:४७

१.प्रदेश अाईडल गर्नुकाे उदेश्य के हाे ?

समाजमा लुकेर रहेका प्रतिभालाई उजागर गर्नु नै हाम्राे मुख्य उदेश्य हाे । पिछाडी पारिएकाे प्रदेशमा जहाँ अझै पनि नागरिकहरू क्यामराकाे अघि अाएर बोल्न लाज मान्नु पर्ने अवस्था छ । यहीँ कारणले आफुसग भएकाे प्रतिभा लुकाएर बस्ने गरेका छन् । त्यहि प्रतिभावान व्यक्तिलाई मीडियाको आवश्यक थियो जुन अहिले ६ पर्देश आईडल नाम दिएर सिंगारो म्यूज़िक प्रा.लि ले गरिरहेकाे हाे ।

२. अाईडल सञ्चालन गरिरहँदा कस्ता कस्ता चुनाैतीकाे सामना गर्नुभयाे ?
हेर्नुहाेस्, एउटा सामान्य ३।४ जना मान्छे भएकाे घर परिवार चलाउन गाह्राे छ । अहिले एउटा प्रदेश चलाऊन जति चुनौति छ प्रदेश सरकारलाई त्यति नै चुनौति थियो आईडलमा । किनकी हामीले पहिलो पटक प्रदेशको पहिलो आवाज़को खोजिमा थियौ ।
जुन चैत्र ३० गते पाऊनेछौं । शुरूमा धेरै तनाव भयों के गर्ने कसरी गर्ने, फर्म वितरण त सुर्खेतमा सजिलै भयाे । तर अन्य जिल्लामा कसलाई ज़िम्मा दिने अव तपाईहरुलाई थाहा नै छ ।
कति जिल्लामा मोटर बाटो पुगेको छैन, त्यहाँका नागरिकहरूसंग समन्वय गर्दा हामीसंग बजेटको अभाव थियो । अहिले आएर सबै कुरा मिलिसकेको छ यसमा हामीलाई सबैभन्दा धेरै सहयोग गर्ने मीडियाहरु छन । 
३. अाइडल अन्तिम चरणमा छ, निर्णायकमा अाफु अनुकुलता राख्याे भन्ने अराेप लाग्न सक्ला यसलाई कसरी व्यवस्थापन गर्नु भएकाे छ ?
हामीले हाम्रा ३ जना अफिसियल जज राखेका छौं । यसकाे सवै ज़िम्मा उहाँहरुलाई नै छ । उहाँहरु आफैमा वरिष्ठ गीतकार, संगीतकार र गायक गायिका नै हुनुहुन्छ ।
उहाँहरु अग्रज कलाकारहरु हो । मुल्याकनं मा उहाँहरुबाट त्रुटि आउने छैन भन्नेमा हामी ढुक्क भएकै कारण ज़िम्मा दिएकाे छाैं । सुरुमा त धेरै जना प्रतिस्पर्धीहरु हुनुहुन्थो जज़हरुले निर्णय लिनुहुन्थो ।
टप १३ बाट हामीले मोबाइल एसएमएस खोल्यौं एसएमएस भोटिगं र जजहरुको मुल्याकनबाट प्रतिस्पर्धीहरू छान्ने काम भइरहेकाे छ । अब याे क्रम सेमिफाईनल र फाईनलसम्म चल्छ । यस्ता प्रतिभाहरु छन जुन आफैमा प्रदेश आईडल हुन जसलाई आयोजक वा जजहरुले मुल्यांकन गर्दा अनुकूलता भयो । तर विवाद हुन्छ कि भनेर नै हामीले टोटल ज़िम्मा अाम नागरिकलाई नै दिएको छौं जुन एसएमएस मार्फ़त आफ्नो मन परेको प्रतिभालाई भोट गरेर जिताउनु हुनेछ ।
४. अाईडल समापन पश्चात् प्रा.लि.ले नयाँ के काम गर्ने याेजना बनाउनु भएकाे छ ?
सिगारो म्यूज़िक प्रा.लि ले बिगत देखि नै कला र संस्कृतिको सम्मान अनि मौलिकता जोगाई राख्न बिभिन्न खाले कार्यक्रम समाजिक गर्दै आको छ । भविष्यमा पनि यस्तै खाले कार्यक्रम गर्नेछ । प्रतिभाहरूकाे पहिचान गर्नमा हामी कटिवद्ध छाैं ।
५. अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अन्त्यमा पश्चिमनेपाल परिवारलाई मुरीमुरी धन्यबाद छ । तपाइकाे मिडिया मार्फत नै कार्यक्रमकाे सुरु देखिनै अवरात्र हरपल खटिएर हामीलाई सहयोग गर्दै आउनुभएका सबैलाई मनदेखि नै बिशेष हार्दिक धन्यबाद दिन चाहन्छु ।