अमर कार्की
सुर्खेत । पञ्चपुरी नगर शिक्षा शाखा बाबियाचौरले आधारभुत तह अन्तरगत कक्षा ८ को परिक्षाफल प्रकाशन गरेको छ । नगरपालिका भित्र का २१ ओटा बिद्यालय आधारभुत बिद्यालय का ९९२ जना बिद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
चैत १ गतेदेखि लिएको परीक्षा ९ गतेसम्म संचालन भएको हो । सम्बन्धित बिषयका शिक्षकहरुबाट उत्तर पुस्तिका जाँच भैसकेपछि आज नतिजा निकालिएको नगर शिक्षा शाखा प्रमुख नवराज घिमिरेले जानकारी दिए ।
एसईई परीक्षा जस्तै ८ कक्षाको परीक्षा पनि ग्रेडिङ प्रणालीबाट लिएको हो । नगर शिक्षाले आगामी बैशाख ५ गतेसम्म ग्रेड बृद्धि गर्नको लागि निवेदन दिन सकिने जनाएको छ । नगर शिक्षाले कक्षा १० सम्म कुनै पनि बहानामा बिद्यालयले शुल्क नलिन समेत अनुरोध गरेको छ ।
बैशाख ५ गते पाठ्यपुस्तक दिवसका रुपमा मनाउने भएको छ । नगरपालिका भित्र का ५३ ओटा बिद्यालय मा पुस्तक खरिदका लागि रकम पुगेको र धेरैजसो बिद्यालयले पुस्तक खरिद गरिसकेका छन ।
बैशाख १५ गते सम्म बिद्यालय भर्ना तथा नियमितरूपमा पठनपाठन गर्ने र त्यसपछि घरदैलो कार्यक्रम गरि कुनै पनि बिद्यार्थी बिद्यालय बाहिर रहन नदिने शाखाले जनाएको छ ।
पञ्चपुरी नगरपालिका भित्र का निजी तथा सामुदायिक बिद्यालय ले आगामि शैक्षिकसत्र बाट बिद्यालयका गतिविधिमा एकरुपता ल्याउने बताएका छन ।