☰ open Loading... 2 May 2024|  

प्रदेशसभा नियमावली पारित, आर्थिक कार्यविधि भोली पारित हुने
  | २० चैत्र २०७४, मंगलवार १९:२३

सुर्खेत । कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठकले ‘कर्णाली प्रदेशसभा सञ्चालन नियमावली–२०७४’ संशोधनसहित पारित गरेको छ । नियमावली पारित भएपछि अन्तरिम कार्यविधिका भरमा काम गर्दै आइहरको प्रदेशसभा अब नियमावली बमोजिम सञ्चालन हुने भएको हो ।

मस्यौदा समितिका संयोजक सांसद सीता नेपालीले शुक्रबारको बैठकमा नियमावली छलफलका लागि संसदमा पेश गरेकी थिइन् । मंगलबार बसेको बैठकमा सांसदहरु गुलाबजंग शाह, पद्मा खड्का, देवी ओली, विन्दमान विष्टले नियमावली माथिका केही वुदाहरु संशोधन गर्न सुझाएका थिए । सांसद खड्का र ओलीले नियमावली लैंगिकमैत्री बन्न नसकेको बताउ“दै समितिका सभापति हटाएर ‘अध्यक्ष’ राख्न प्रस्ताव समेत गरेका थिए ।

सांसदहरुको सुझाव अनुसार संसदीय समितिका सभापतिलाई अब ‘अध्यक्ष’ भनिनेछ । त्यस्तै, संशोधन प्रस्तावको समय ७२ घण्टा कायम गरिएको छ । मस्यौदा समितिका संयोजक सांसद नेपालीले पेश गरेको उक्त प्रस्ताव ध्वनी मतले पारित गरिएको थियो ।

यता, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पेश गरेको कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक–२०७४’ माथि सैद्धान्तिक छलफल मंगलबार नै सकिएको छ ।

बैठकमा सांसदहरु चन्द्रबहादुर शाही, कुर्मराज शाही, दिनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, देवी ओलीले विधेयकमाथिको छलफलमा सहभागी भए । विधयेक आज (बुधबार) बस्ने बैठकले पारित गर्नेछ ।