☰ open Loading... 3 May 2024|  

एसआईपी प्रथम परियोजनामा गाउँपालिकासंग हस्ताक्षर
  | २६ चैत्र २०७४, सोमबार २१:००


दैलेख । साना सिँचाई कार्यक्रमको पछिल्लो अवस्थाबारे जानकारी लिएको छ । दैलेखको महावु गाउँपालिका गैँडाबाजमा सिँचाई कार्यक्रमको पछिल्लो अवस्था बारे जानकारी लिएको हो ।

स्थानीय तह लागु भएपछि पहिलो पटक साना सिँचाई कार्यक्रमको अवस्थाबारे स्थानीय सरकारलाई जानकारी गराइएको छ । यो कार्यक्रम स्वीटजरल्याण्ड र नेपाल सरकारको साझेदारीमा जिल्लाका स्थानीय तहहरुमा सन् २०१५ फेब्रअरीबाट लागु भएको थियो ।

केन्द्रिकृत राज्य प्रणालीबाट संघिय राज्य प्रणालीमा रुपान्तरण भएको र स्थानीय सरकारहरु समेत गठन भैसकेको रुपान्तरित परिस्थितिमा कार्यक्रमलाई सहज ढंगले कार्यान्वयन गर्न गैंडाबाजमा कार्यक्रम गरिएको परियोजनाका जिल्ला संयोजक इन्जिनियर महेश ढुंगानाले जानकारी दिए ।

कार्यक्रममा महावुुं गाउपालिकाका अध्यक्ष जंगबहादुुर शाही, वडा कार्यलयका अध्यक्षहरु, निमित्त प्रशासकिय अधिकृतहरु सहभागी कार्यक्रममा परियोजनाको विस्तृत जानकारी, उद्देश्य, हालसम्मको गाउपालिकामा कार्यक्रमको अवस्था विगतमा निर्माण सम्पन्न तथा निमार्णधिन सिँचाई योजनाहरु, तथा समझदारी पत्रको बारेमा विस्तृत जानकारी गराइएको थियो ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै जिल्ला संयोजक ढुुंगाना र अध्यक्ष शाहीले आगामी सम्पूूर्ण कार्यक्रमहरु संचालन गर्न सहमत भएका छन ।