☰ open Loading... 20 April 2024|  

राउटे मुखीयाले भने ‘जन्ता भोकै छन् चामल पठाइदेउ’
  | २७ चैत्र २०७४, मंगलवार १०:१४

दैलेख । जंगलको राजा राउटे समुदाय अभावै अभावले ग्रस्त हुन थालेको छ । जंगलमा काठ काट्न नपाईने र बनाएका सीमित काठका भाडाहरु विक्री नहुँदा छाक टार्नै सकस भएको होे ।


आफैले बनाएको टहरा बाहेक स्थायी रुपमा बस्न नचाहने घुमन्ते जाति राउटे कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान तथा प्रदेश ५ को दाङ र प्रदेश ७ को अछामका विभिन्न जंगलहरुमा बसोबास गर्दै आएका छन् ।

उनीहरु हाल दैलेखको तल्लो डुंगेश्वर नजिकैको खोला किनारामा बस्दै आएका छन् । काठका भाँडाहरु विक्री नभएपछि सरकारसंग गासको जोहो गर्दिन आग्रह कल्याल राउटे समुदायका मुखीया वीरबहादुर शाहीको छ ।

आफ्ना जन्ता जंगलमै भोकै रात विताउनु परेको गुनासो गर्दै उनले भने,–‘शिकार पाउँदैन्, काठका भाडा विक्री हुँदैनन्, सरकारलाई राउटे भोकै छन चामल पठाइदिन भन्दिनु ।’

स्थायी बसोबासमा बस्न चरुचाउने राउटे समयुदाय अन्य गाउँ बस्तीका मानिसहरुसंग काठका सामग्री विक्री गरेर आफ्ना लागि अन्नको जोहो गर्ने गर्छन् ।

राउटे समुदायका बालबालिकाहरु आफ्ना आमाबुबासंगै जंगलमै आफ्नो परम्परा अनुसार नै हुर्कछन् । राउटेहरु जंगलमा पाइने रुख पातहरुबाटै आफूलाई बस्ने अस्थायी झुप्रो तयार पार्ने गर्दछन् ।


राउटे महिलाहरु बाहिरी समुदायका मानिसहरुसंग घुलमिल वा बोलचाल गर्न रुचाउँदैनन् ।

राउटेहरु विशेषगरी आफैले बनाएका काठका भांडाकुंडा प्रयोग गर्छन, बचेका काठका भाडाहरु भने गाउंबस्तीमा पुगेर विक्री गर्छन् । राउटेहरुको मुख्य आहारा वनमा पाइने गिठा, भ्याकुर, बांदर, गुना जस्ता वन्यजन्तुको मासु हो ।

खानेकुराको बन्दोबस्त गर्ने जिम्मा राउटे पुरुषहरुले नै गर्छन ।


राउटे समुदायमा बिहेबारी लगायतका सबै सामाजिक व्यवहार आफ्नै समुदायका रास्कोटी, कल्याल र सुवाङ्सी गोत्र भित्र हुन्छ । राउटे समुदायमा मातृ तथा बाल मृत्युदर चर्को छ । राउटे समुदायमा थिति बसाल्ने भुमिका समुदायका मुखियाको हुन्छ, बाहिरी समुदायसंगको सम्पर्क र व्यवहारको नेतृत्व पनि उनैले गर्छन् ।