☰ open Loading... 29 March 2024|  

यस्ताे बन्याे कर्णाली प्रदेशमा प्रतीक चिह्न
  | २७ चैत्र २०७४, मंगलवार १७:४६

चैत्र २७, २०७४प्रकाश अधिकारी
सुर्खेत — कर्णाली प्रदेशसभाले प्रतीक चिह्न (लोगो) र सांसदको औपचारिक पोसाकको टुंगो लगाएको छ । प्रदेशसभा सञ्चालन नियमावली बमोजिम कार्य व्यवस्था परामर्श समितिले लोगो र पोसाकको टुंगो लगाएको हो । नियमावलीमा समितिले लोगो र पोसाक निर्धारण गर्ने व्यवस्था छ ।

अब सांसदहरूले अनिवार्य रूपमा बैठकमा तोकिएको पोसाक लगाउनुपर्नेछ । महिला–पुरुषले कोट, पुरुषले कालो भादगाउँले टोपी, दौरा सुरवाल (विकल्पमा सर्ट–पाइन्ट) महिलाले ढाकाको धोती (विकल्पमा सारी) तोकिएको छ ।

त्यस्तै महिला सांसदका लागि सर्ट–पाइन्ट पनि विकल्पका रूपमा तोकिएको छ । कोटको रङ भने खैरो र हल्का उज्यालो हुने संसद् सचिवालयले जनाएको छ ।

कार्य व्यवस्था परामर्श समितिले महिला र पुरुषका हातले संयुक्त रूपमा कर्णाली प्रदेशको नक्सा उचालेको, नक्सामाथि राष्ट्रिय झन्डा र त्यसमाथि कर्णाली प्रदेशसभा लेखिएको हुनेछ ।