☰ open Loading... 28 April 2024|  

कर्णाली प्रदेशकाे मुख्य न्यायाधीवक्तामा मानन्धर नियुक्त, सपथ पनि अाजै
  | २८ चैत्र २०७४, बुधबार ११:२९

सुर्खेत । कर्णाली प्रदेशको मुख्य न्यायाधीवक्तामा माओवादी केन्द्र निकट विद्याभूषण मानन्धर नियुक्त भएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई बुधबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्य न्यायाधिवक्तामा मानन्धरलाई मंगलबार सिफारिस गरेका थिए ।

मुख्य न्यायाधिवक्तामा नियुक्त भएका मानन्धरलाई बुधबार दिउसो तीन बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ खुवाउने कार्यतालिका रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्र बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री शाहीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मानन्धरलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन् ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हो ।

मुख्य न्यायाधिवक्तामा नियुक्त भएका मानन्धर २०५२ सालदेखी अधिवक्ता भएका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुनरावेदन आयोग सदस्य समेत रहेका मानन्धर नेपाल बार एसोसिएसन उच्च अदालतका सदस्य छन् ।

प्रदेश सरकारले कार्य सम्पादन गर्दा निम्तिने कानुनी र संवैधानिक जटिलताहरु सहज रुपमा सहजिकरण गर्ने मानन्धरले पश्मिनेपाललाई जानकारी दिए ।