☰ open Loading... 20 November 2024|  

नौमुलेमा पत्रकार
  | २ बैशाख २०७५, आईतवार १८:४८

नौमुले गाउँपालिकामा रिपोर्टर्स क्लव नौमुले उपशाखा समन्वय र रिपोर्टर्स क्लव दैलेखको आयोजनामा पत्रकार तालिम भएको छ । आधारभुत पत्रकार तथा रेडियो उद्घोषण तालिम भएको हो ।

नौमुले गाउँपालिकाको सहयोगमा गाउँपालिकाका सवै वडाबाट २ जना प्रतिनिधित्व हुने गरि तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गाउँपालिकाका कावा अध्यक्ष गगन रोकामगरले गरेका थिए भने, समापन अध्यक्ष भदे बुढामगरले गरे ।

तालिम समापनमा क्रमश ः उद्योग बाणिज्य संघ दैलेखका महासचिव राजेशकुमार हमाल, क्लवका नौमुले उपशाखा अध्यक्ष संदिप विश्वकर्मा, नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगर, क्लवका दैलेख अध्यक्ष गोविन्द केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष चक्र केसी ।

५ दिनसम्म चलेको तालिममा एक दर्जन प्रशिक्षकहरुले प्रशिक्षण दिए । उनीहरुले आधारभुत पत्रकारिता तालिमदेखी रेडियो उद्घोषणसम्वन्धी तालिम दिएका थिए । २५ जना सहभागी रहेको तालिममा १७ जना यूवतीहरुको उत्साहपूर्वक सहभागी रहेको थियो । पत्रकारिता तालिममा यूवाहरुको उल्लेखिय सहभागी हुनुले नौमुले क्षेत्रमा पत्रकारिताले फड्को मार्ने देखीन्छ ।

नौमुले गाउँपालिकाले अगामी अविष्यमा एफएम रेडियो खोल्ने तयारीमा रहेको छ । हाईडो हवको रुपमा रहेको नौमुले, शान्ति प्रकृयापछि विकासमा फड्को मार्ने क्रममा रहेको छ । द्धन्द्धमा नराम्ररी थलिएको नौमुले हिजोआज तिव्र गतिमा पूर्वाधार निर्माण भैरहेको छ । नौमुले गाउँपालिकामा पत्रकारिता तालिमले यहाँ हुने विकास निर्माणदेखी हरेक संरचनामा खवरदारी गर्नेछन् ।

जसले गुणस्तरिय विकासमा टेवा दिने लिने छ । यहाँ उत्पादन भएका पत्रकारहरुले गाउँपालिककै सुन्दर भविष्यका लागि कलम चलाउने र हरेक क्षेत्रका समाचार समेट्ने आयोजक रिपोर्टर्स क्लवका अध्यक्ष गोविन्द केसीले बताए ।

स्थानीय तहमा यसरी पत्रकारिता तालिम दिएर पत्रकार उत्पादन गर्ने कार्य उदाहरणिय भएको उद्योग बाणिज्य संघका महासचिव राजेशकुमार हमालले बताए । तालिमपछि गाउँपालिकामा हुने हरेक कार्यक्रममा बुलन्दित आवाज उठाएर गुणस्तरिय विकासका लागि सवै लाग्नुपर्ने हमालले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष चक्र केसी, गाउपालिका अध्यक्ष भदे बुढा मगर लगायतले बोलेका थिए ।