☰ open Loading... 26 April 2024|  

मुहान संरक्षणमा प्रतिवद्ध
  | २ बैशाख २०७५, आईतवार १८:५८

दुल्लुनगरपालिकाका मयेर घनश्याम भण्डारीले नगरपालिकाभित्र खानेपानीका मुहानहरु संरक्षणमा आफु प्रतिवद्ध भएको बताएका छन् । नेपाल वातावरण पत्रकार समुहले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अहिले दुल्लु नगर क्षेत्रभित्र पानीका मुहानहरु सुक्दै जान थालेर खानेपानीको हाहाकार हुन थालेपछि पानीका मुहान संरक्षणका लागि जनप्रतिनिधिहरुको भुमिका र स्थानीय पाएको दुःखका बारेमा छलफल भएको थियो ।

पानी छलफल कार्यक्रममा दुल्लुका स्थानीयहरुले आफ्ना पिडा पोखेका थिए ।
५ वर्षअघिसम्म पानीका मुहानहरुमा स्थानीयहरुले सहज पाउथे तर, अहिले दुई दिनसम्म पनि पानी लिन पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीय सिता बादीले बताईन् । यूएसए आईडीको आर्थिक सहयोगमा भएको कार्यक्रममा पानीका मुहानहरु संरक्षणका लागि पानी छलफल भएको थियो ।

वातारणीय अध्यायन नभई योजना स्विकृत नगरिने समेत प्रतिवद्धता गरिएको छ । हरेक योजनामा अनिवार्य रुपमाा मुहान संरक्षणमा जोड दिने पनि प्रतिवद्धता गरिएको छ । नगरपालिकाका मेयर भण्डारीले १२ सय योजनामा ४ सय योजना कतै न कतै मुहान संरक्षणका रहेको बताए ।

नगरपालिकामा खानेपानीको हाहाकार रहेकाले सहज खानेपानी आपूर्ती गर्न र मुृहान संरक्षणमा लाग्न प्रमुख ध्यान हुने भण्डारीले बताए ।

कार्यक्रममा जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठ, खानेपानी डिभिजन कार्यालयका डिभिजन प्रमुख विकास काफ्ले, सिचाई डिभिजन कार्यालयका डिभिजन प्रमुख मेघराज ज्ञावली, दुल्लु नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत शमशेरबहादुर शाही, अन्य सरकारी कार्यालयका प्रमुख, उद्योग बाणिज्य संघका महासचिव राजेशकुमार हमाल, एसआईपीका जिल्ला संयोजक महेश ढुंगाना, वन उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारी, खानेपानीबाट पिडित स्थानीय समुदाय लगायत सहभागी थिए ।

कार्यक्रममा नेपाल वातावरण पत्रकार समुह अन्र्तगत पानी परियोजनाका जिल्ला कोडिनेटर गोविन्द केसीले स्थानीय तथा जनप्रतिनिधिहरुले कार्यान्वयन गर्ने प्रतिवद्धताहरु पढेर सुनाएका थिए । कार्यक्रममा कर्णालीसंगै ५ र ७ प्रदेश कोडिनेटर जगेन्द्र बोहोराले कार्यक्रमको सहजीकरण गरेका थिए ।