☰ open Loading... 20 November 2024|  

यस्ताे बन्ने भाे सुर्खेतकै चर्चित देउती बज्यै मन्दिर
  | ५ बैशाख २०७५, बुधबार १६:५४

बैशाख ७ गतेदेखी महायज्ञ सञ्चालन गरिने

सुर्खेत । सुर्खेतको चर्चित धार्मिकस्थल देउती बज्यै मन्दिरको व्यवस्थापन गर्न देउती बज्यै विराट धनधान्य महायज्ञ सञ्चालन हुने भएको छ । यही बैशाख ७ गतेदेखी देउती बज्यै मन्दीर परिसरमा महायज्ञ सञ्चालन गर्न तयारी पूरा भएको हो ।


देउती बज्यै परिसरलाई आगामी ५ वर्षभित्र व्यवस्थित बनाउने उदेश्यले महायज्ञको संचालन गर्न लागिएको मुल आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । उनले पुराना सम्पदाहरु व्यवस्थित गर्दै नयाँ सोचका साथ मन्दिरहरुको पुनर्निमाण गर्न महायज्ञ सञ्चालन गर्न लागेको बताए ।

गुरुयोजना अनुसार मन्दिर परिसरमा स्नान गृह, आश्रम, बगैँचा, सफा शौचालय, कुण्ड, विश्रामस्थल, पानी र थप केही मन्दिरहरु निर्माण गरिने छ । मन्दिर व्यवस्थापनको लागी करिब ५ लाख ३३ हजार रकम संकलन भएको छ भने विभिन्न व्यक्तिहरुले ८ लाख ८ हजार रकम प्रदान गर्ने प्रतिबद्घता समेत जनाएको गिरीले बताए ।

महायज्ञ संचालनको लागी झन्डै १२ लाख खर्च लाग्ने अनुमान गिरीको छ । गुरुयोजना अनुसार निर्माण हुने देउतीबज्यै मन्दीरको सम्पुर्ण पुर्वाधार निर्माणको लागत ५ करोड लाग्ने अनुमान छ । धार्मिक एबम पर्टकिय स्थलका रुपमा रहेको गंगामाला देउती बजै मन्दिरमा अहिले गुरुयोजना अनुसार काम भईहरेको छ ।

नेपाल प्रहरी र नेपाली सेनाले सरसफाई तथा अन्य काम निर्माणको काम श्रमदानमा गरिरहेको छन् । महायज्ञको उद्घाटन बैशाख ७ गते दिउसो १ बजे कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले गर्ने कार्यतालिका छ ।