☰ open Loading... 3 May 2024|  

वर्ल्डलिंकले सुर्खेतमा सांस्कृतिक कार्यक्रम गर्ने
  | ५ बैशाख २०७५, बुधबार १७:०८

सुर्खेत । नीजि क्षेत्रको ईन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि.ले सुर्खेतमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । । छिटो भनेकै वल्र्डलिंक नामक सांस्कृतिक कार्यक्रम वीरेन्द्रनगरस्थित घण्टाघरमा गर्न वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि. शाखा सुर्खेतकाे अायाेजनामा साे कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा युवा पुस्ताका चर्चित गायक स्वप्न सुमन र कमल खत्रीको प्रस्तती रहने वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि. शाखा सुर्खेतका प्रवन्धक नवराज पंगालीले जानकारी दिए ।

स्थानिय गायक तथा गायिकाहरुको पनि प्रस्तुति रहने कार्यक्रममा हेर्न टिकट भने नलाग्ने पंगालीको भनाई छ । सांगितिक कार्यक्रमबाहेक गेम, वर्ल्डलिंकको इन्टर्नेट अनुभव र भारी छुटका साथ वर्ल्डलिंक कम्यूनिकेशनस प्रा.लिं.को इन्टरनेट बुकिङ्ग गर्न सकिने पंगालीले बताए ।