☰ open Loading... 2 May 2024|  

अल्छी प्रवृत्तिले समृद्धि सम्भव छैन : मुख्यमन्त्री शाही
  | ५ बैशाख २०७५, बुधबार १७:४३

सुर्खेत । मुख्यमन्त्री वनेपछि पहिलोपटक गृहक्षेत्र कालिकोटको पचालझरना पुगेका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सवै जनता कुनै न कुनै उत्पादनको काममा लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री शाहीले अल्छी प्रवृत्तिले समृद्धिको सपना पुरा नहुने बताउदै सवै जनता उत्पादनमा लाग्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

पचालझरना पर्यटन तथा साँस्कृतिक महोत्सवको समापन कार्यक्रममा बाेल्दै मुख्यमन्त्री शाहीले भने–‘अहिले सम्म हामी अर्काका भरमा वाँच्यौं, अव कर्णालीको प्राकृतिक श्रोतलाई प्रयोग गरेर आत्मनिर्भर वन्नुपर्छ’ ।

पर्यटन र कृषि मार्फत कर्णालीलाई समृद्ध र आत्मनिर्भर वनाउने योजना सरकारले लिएको वताउदै मुख्यमन्त्री शाहीले आगामी वजेटमा समेत विशेष व्यवस्था गर्ने बताए । उत्पादनमुलक कामका लागि सरकारले विशेष अनुदानको व्यवस्था गर्ने समेत उनको भनाई छ ।

राज्यसत्ताले गरेको विभेदको अन्त्यका लागि कर्णालीले आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै मुख्यमन्त्री शाहीले अव विकास र समृद्धिको नेतृत्व लिने बताए ।

मतदाताहरुको विश्वासका कारण कर्णालीको नेतृत्व गर्ने अवसर आफुले प्राप्त गरेको बताउदै मुख्यमन्त्री शाहीले जनताको समृद्धिको सपना पुरा गर्न आफु प्रतिवद्ध रहेको उल्लेख गरे । पहिलो पटक गृहक्षेत्र पुग्नुभएका मुख्यमन्त्री शाही आज स्थानियवासीसंग पचालझरनामै बस्ने कार्यक्रम रहेको छ ।