☰ open Loading... 1 May 2024|  

बेलायती अन्तराष्ट्रिय विकास नियोगका एशिया क्षेत्रिय निर्देशक र मुख्यमन्त्रीविच भेटवार्ता
  | ११ बैशाख २०७५, मंगलवार १५:४०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही र वेलायती अन्तराष्ट्रिय विकास नियोगका एशिया क्षेत्रिय निर्देशक रिचर्ड मोंत्गोमेरीविच शिष्टाचार भेटवार्ता भएको छ । प्रदेश मुख्यालयमा मंगलवार विहान भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले मुलुकको राजनैतिक संक्रमणकाल सकियसंगै आफुहरुको एकमात्र एजेण्डा विकास र समृद्धि रहेको जानकारी गराएका थिए ।


बेलायती अन्तराष्ट्रिय विकास नियोग (डिएफआईडी) ले सिमान्तकृत समुदाय र क्षेत्रको विकासका लागि प्रशंसनीय काम गरिरहेको वताउदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिन आग्रह गरेका थिए । तुलनात्मक रुपमा नेपालका अन्य प्रदेशहरुभन्दा कर्णाली प्रदेश विकासका दृष्टिले पछि रहेको बताउँदै उनले भौतिक पुर्वाधारका क्षेत्रमा अन्तराष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गरे ।

‘कर्णाली प्रदेश प्राकृतिक श्रोतले धनी रुपमा छ’ मुख्यमन्त्री शाहीले भने,–‘हामीसंग जलविद्युत, पर्यटन, जडीवुटी र कृषिको अपार संभावना छ, यसको व्यवस्थित परिचालन गरि समृद्धि हाँशील गर्न अहिले आर्थिक स्रोतको जरुरी छ ।’

भेटवार्तामा कर्णाली प्रदेशका दुई जिल्लामा सडक नपुगेको, धेरै जिल्लामा विद्युतिकरण वाँकी रहेको वताउदै मुख्यमन्त्री शाहीले भौतिक पुर्वाधारको विकासलाई आफनो सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सर्वसम्मतिमा आफुहरुले प्रदेशको नाम र राजधानी तोक्न सफल भएको बताउदै कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण रहेको बताए ।

भेटवार्ताका क्रममा वेलायती अन्तराष्ट्रिय विकास नियोगका एशिया क्षेत्रिय निर्देशक रिचर्ड मोंत्गोमेरीले आफुहरु प्रदेश सरकारको नीति कार्यक्रम र प्राथमिकता अनुसार काम गर्न तयार रहेको बताए । उनले कर्णाली प्रदेशमा वेलायती अन्तराष्ट्रिय विकास नियोगले गर्दै आएको सहयोगमा वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कर्णाली प्रदेशमा अरु दातृ निकायहरु पनि काम गर्न ईच्छुक रहेको उल्लेख गरेका उनले प्रदेश सरकारले चाहेमा आफु विकास साझेदारहरुको बैठकको आयोजना गर्न तयार रहेको जानकारी दिए । पछिल्ला वर्षहरुमा नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेख्य प्रगति गरेकामा खुसी व्यक्त उनले गरे ।

भेटवार्तामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसी, समाजिक विकास मन्त्री दल रावल, भौतिक पुर्वाधार मन्त्री खडकवहादुर खत्री, पर्यटन मन्त्री शाही, वेलायती अन्तराष्ट्रिय विकास नियोगका नेपाल प्रमुख रुरीक मार्सडेनले लगायतको सहभागिता रहेको थियो ।