☰ open Loading... 27 April 2024|  

दैलेखमा जीप दुर्घटना, ९ घाईते दुर्इकाे अवस्था गम्भीर
  | २४ बैशाख २०७५, सोमबार १४:३४

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दैलेखमा दुर्घटना हुँदा ९ यात्रु घाईते भएका छन् । सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत पर्ने सियाकोट नजिकै भे १ ज ७८० नम्बरको जीप सोमबार विहान दुर्घटना भएको हो ।


दुर्घटनामा चालकसहित एक महिला गम्भीर घाईते भएका छन् । खाँडाचक्र नगरपालिका–७ कालीकोटका ३५ वर्षीय असरा सहकारी महतरा र नाम नखुलेका चालकको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका सई तेजबहादुर साउदले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा अन्य ७ यात्रु पनि घाईते भएका छन् । उनीहहरुको अवस्था सामान्य छ । गम्भीर र अन्य सामान्य घार्इते यात्रुहरुको उद्धार गरी उपचारको लागि सुर्खेत पठाइएको साउदले बताए । सियाकोटको जीरो प्वाइटदेखी तल्लाे डुङ्गेश्वर जाने सडक नजिकै ओभर स्पिडका कारण जीप सडकमा पल्टिएको ट्राफिक प्रहरीको भनाई छ ।