☰ open Loading... 19 April 2024|  

प्रहरीमा जागिर लगाइ दिने भन्दै रकम अशुल्ने एक पक्राउ
  | २५ बैशाख २०७५, मंगलवार २०:०१

सुर्खेत । प्रहरीमा जागिर लगाइ दिन्छु भनेर रकम अशुल्न खोज्ने एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीका ठुलै व्यक्तिसंग सम्वन्ध रहेकाले जागिर लगाइ दिने भन्दै रकम अशुल्न खोज्ने तुल्सिपुर उपमहानगरपालिका–५ दाङ घर भएका ५१ का वर्षीय पशुपति खत्रीलाई वीरेन्द्रनगरको पुजा होटलबाट प्रहरीले पक्राउ गरेको हो ।


प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृतहरुसंग चिनजान रहेकोल बिना प्रक्रिया आगामी जेठ पहिलो हप्तामा जागिर लगाइदिने भन्दै चार जनाबाट जनही २५/२५ हजार रकम मागेको थाहा पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

पञ्चपुरी नगरपालिका–२ का २० वर्षीय धनबहादुर माझी, प्रकाश भण्डारी, दैलेख दुल्लु नगरपालिका–१०, गमौडीका २० वर्षीया सुमनकुमारी शाही र सुर्खेत लेकबेसी – ३ का २० वर्षीया कृष्टी रोकायाबाट पेश्की स्वरुप लिन बार्गेनिङ्ग गर्दै गरेकाे अवस्थामा पक्राउ गरिएकाे एसपी चतुर्वेदीले बताए ।

उनका अनुसार खत्रीले उनीहरु चार जनालाई सिधै भर्ना गरेर तालिममा समावेश गराउँने आश्वासन देखाएका थिए । ‘शुरुमा २५ हजार पेश्की मागेको र भर्नापछि प्रतिव्यक्ति २ लाख ७५ हजार दिनुपर्छ भन्दै गलफतमा पारिरहेका रहेछन्’ एसपी चतुर्वेदीले भने,–‘तत्काल विशेष सुराकीको आधारमा होटलमा खानतलासी गर्दा खत्रीसहित रकम बुझाउन खोज्नेलाई नियन्त्रणमा लिएका हौं ।’

चार जना व्यक्तिहरुको शैक्षिक प्रमाण पत्र, फोटो र प्रति ब्यक्ति २५ हजार लिन खत्रीले होटलमा बार्गेनिङ्ग गर्न लागेको बेला प्रहरीले पक्राउ गरेको हो । ठगि गर्न खोज्ने खत्रीलाई थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको एसपी चतुर्वेदी जानकारी दिए ।