☰ open Loading... 2 May 2024|  

मोदीको स्वागत गेट ढल्याे, स्टेज र टेन्ट जलमग्न, सरकारकाे टाउकाे दुखाइ
  | २६ बैशाख २०७५, बुधबार १८:४८

२६ वैशाख २०७५, जनकपुर ।

मगंलबार राती आएको हुरीबतास र भारी वर्षाका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे स्वागतका लागि बनाएका गेट तथा टेन्टहरू भताभुङ्ग बनाएपछि तनाव भएकाे छ । वुधवार राती ३ वजे तिर आएको हुरी वतास तथा भारी वर्षाले मोदीको अभिन्दन स्थल मा पानी नै पानी जम्नु देखि लिएर स्वागतका लागि वनाइएका ठुलठुला स्वागतद्धार समेत ढालेको छ ।

हुरी वतासका कारण जानकी मन्दिर देखि लिएर रामानन्द चौक सम्म तथा रामानन्द चौक देखि पिराडी चौक सम्म वनाइएको स्वागतद्धार ढलेको हाे । त्यसैगरि भारी वर्षाको कारणले मोदीको अभिनन्दन स्थल वारहविघा जलमग्न वनेको छ । विगत दस दिन देखि मोदी भ्रमणलाई भव्य वनाउनका लागि करोडौ खर्चेर वनाइएको अभिनन्दन स्टेज र सर्वसाधारण वस्ने टेन्ट पुर्ण रुपमा जलमग्न भएको छ ।

मोदी जनकपुरधाम आउन अब दुइ दिन मात्रै रहेको अवस्थामा स्थानिय तथा प्रदेश सरकारको लागि स्वागतद्धार वनाउनु तथा अभिनन्दन स्थलबाट पानी निकाल्नु टाउको दुखाई वनेको छ । ढलेका स्वागतद्धारलाई विहान दस वजे देखि पुनः वनाउने कोशिस सुरु गरिएको छ भने अभिनन्दन स्थलबाट पानी निकाल्ने प्रयास सुरु गरिएको छ ।