☰ open Loading... 3 May 2024|  

दुर्घटनामा एकको मृत्यु
  | २६ बैशाख २०७५, बुधबार २१:०५

सुर्खेत । रत्न राजमार्गकाे बबर्इ धुलियाविट सडक खण्डमा बस र माेटरसाइल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । भेरीगंगा नगरपालिका १० तालबारीमा बस र मोटरसाईलक ठोक्किदा दैलेख दुल्लु नगरपालिका-१२ का महेश रावतकाे मृत्यु भएकाे हाे ।

नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको लु १ ख ९५६६ नम्बरको बसमा र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको भे ७ प ४८८१ नम्बरको मोटरसाईल ठोक्कीएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रावतलाई उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । बस चालक झुपलाल परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।