☰ open Loading... 26 April 2024|  

प्यारो जन्मभुमि दैलेख
  | २९ बैशाख २०७५, शनिबार ०९:५४

नेपालको ७७ जिल्लाहरु मध्येको एक हो दैलेख । भौगोलिक रुपमा यसलाई हेर्दा पहाडि भेगमा पर्दछ । यहाँको हावा पानीको सिजन अनुसारको पाईन्छ । यहाँ बिभिन्न जात जातिका मानिसहरु बस्ने गर्दछन । दैलेख जिल्लामा हिन्दु धर्म मानिसहरुको संख्या धेरै छ भन्दा कुनै फरक नर्पला । यहाँको बनावट अनुसारले पनि शोभा बढाएको छ । वारिपारी डाँडापाखा बिचमा मिलेको सदरमुकाम दैलेख बजार दैलेख । जिल्लाको कुल जनसंख्या लगभग ३ लाख रहेको छ । यहाँ कुल साक्षरता ८० प्रतिशत रह्रेको अनुुुमान गरिएको छ । यहाँ करिब २० भाषा बोलीचाली गर्ने गरिन्छ । यहाँ ४ नगरपालिका र ७ गाउँ पालिका रहेका छन । दैलेखमा प्रसिद्ध धार्मिक पञ्चकोशी तिर्थस्थल यस प्रकार रहेका छन ।

(१) श्रीस्थान
(२) नाबिस्थान
(३) पादुका
(४) धुलेस्वर
(५) कोटिला

 

 

 

 

 

यहाँ दैनिक आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गर्दछन । यहाँ प्रसिद्ध खेतीहरुमा गहुँ, मकै रहेको पाइन्छ । दैलेखका बिभिन्न ठाउँहरुमा फरक फरक बिषय बस्तुले यहाँको परिचय तथा शोभा बढाएका छन । ना न पा १ मा रहेका प्याकोडा शैलिमा गडि, ना न पा ६ मा रहेको पञ्चदेवल, एकातिर लोहोरे खोला अर्कोतिर छामघाट खोला, तल चुप्राबजारले दैलेखको स्वभालाई अझ झन रोचक बनाएको छ दैलेखको ना न पा ११ मा रहेको त्रिपानी राईमा रहेको एक सुन्दर दृश्यले मानिसहरुलाई आन्नद प्रदान गरेको पाइन्छ । त्यहाको चिसो पानी खादा छुट्टै आन्नदको हुने गर्दछ ।

राइलि त्रिपार्निमा जेष्ठ महिनाको औसि पुर्णिमा मा ठुलो मेला लाग्ने गर्दछ सो मेला करिब ५ हजार देखि १० हजार सम्म मानिस हरुको भिड हुने गर्दछ । त्यो मेलामा काडाँ, चौराठा, गन्म, पग्नाथ, रुम, लाँकुरी देखि समग्र दैलेख जिल्लाका मानिसहरु त्यो मेला लाई अवलोकन गर्ने गर्दछन् । यस्तै बिभिन्न किसिमका मठ मन्दिर चैत्रे गुम्बा प्याकोडा शैलीका चित्रक

यहाँ बिभिन्न जिल्ला लगाएत छिमेकी जिल्ला भारत बाट पनि यहा पुजा आजा गर्ने मासिसहरुको भिड लाग्ने गरेको पाइन्छ । भगवतिमाई गाउँपालिका ३ मेहेल्तोली दैलेखमा भगवतिमाई रहेको छ । जुन दशैको अबसर पारेर पुजा आजा तथा मेला लाग्ने गर्दछ । मेलामा कबि १०० देखि १५०० जनाको भिड लागेको पाइन्छ । नौमुले गाउँपालिकामा रहेको द्धारी झरना नौमुलले पनि श्वभा बढाएको छ । दैलेखको उच्च शिरमा रहेको महावु जहा शिवलिङ्ग रहेको छ ।

जस मन्दिरमा ठुलो शक्ति रहेको र मानिसहरुका मनोकामनाहरु पुरा हुने विश्वास रहेको छ । यहा हरेक बर्षको श्रावण महिनाको जनैपुणिमामा मेला लाग्ने गर्दछ मेलामा देश विदेशका करिब १० हजार देखि १५ हजार सम्म भक्तालुहरुको भिड हुने गर्दछ । दैलेख जिल्लाको दुल्लुमा रहेको दुल्लु दरबार रहेको इतिहासमा लेखिएको पाइन्छ । अहिले पछिल्लो समयमा त्यसको संरक्षणको अभाबका कारण जिण अबस्थामा रहेको पाइन्छ ।

त्यसैलै जिल्लाका बिभिन्न नगरपालिका र गाउँपालिकाका बिभिन्न ठाउँहरुमा रहेका धार्मिक तथा ऐतिहासिक वस्तुहरुले दैलेखको परिचय दिएको छ । प्यारो जन्मभुमि दैलेख संसारकै नमुना लाग्छ । दैलेख जिल्लामा रहेका कुनै पनि तिर्थस्थल, पाटि, पौवा हरुको हामि सबै मिलेर यस्ता सम्पदाहरुको संरक्षण गर्नु पर्छ । यि हाम्रा पहिचान हुन । गहना हुन ।

लेखकः

कृष्ण दैलेखी

दैलेख