☰ open Loading... 20 November 2024|  

नयाँ पार्टी खोल्ने तयारीमा जनार्दन शर्मा
  | ४ जेष्ठ २०७५, शुक्रबार १६:२८

जेष्ठ ४, २०७५ काठमाडौं –

एमाले र माओवादी केन्द्रलाई मिलाउन पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले चरम असन्तुष्टि जनाएका छन् । नौ सदस्यीय हाइकमाण्डमा सदस्य समेत नराखिएपछि शर्माले आक्रोश व्यक्त गरेका हुन् । शर्माकै दवाव र सल्लाहमा पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकीकरण गर्न तयार भएका हुन् । यद्यपि, विहीबार पार्टी एकीकरण हुँदै गर्द शर्मालाई एमाले र माओवादी दुबै दलका शीर्ष नेताहरूले धेरै महत्व दिएनन् ।

नौँ सदस्यीय हाइकमाण्डबाट शर्माको नाम हटाइएको थियो । शर्मासँग पार्टी एकीकरणमा लागेका एमालेका विष्णु पौडेललाई एकीकृत नयाँ दल नेपाल कम्युनिष्ट पार्टीको महासचिवको जिम्मेवारी दिइएको छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । केपी ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा आफूलाई ठूलो धोखा भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । शर्मालाई पार्टी एकीकरणका बेला पनि धेरै महत्व दिइएको थिएन ।

विहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित रात्रिभोजमा पनि पुच्छारमा रहेका शर्माले सेतो प्लेट बोकेर खानाको लाइनमा लागेको देखिएको एकजनाले बताए । यसैबीच, नेता शर्माले आफू निकटका नेताहरूसँग शुक्रबार बिहान गोप्य वार्ता गरेका छन् । काठमाडौंस्थित एकजना समर्थकको निवासमा शुक्रबार विहान भएको गोप्य भेलामा शर्माले नयाँ पार्टी खोल्ने विषयमा कुराकानी गरेको स्रोतले जनाएको छ । प्रचण्ड र ओली दुबैले आफूलाई धेरै महत्व नदिएको भन्दै शर्माले असन्तुष्टहरूलाई समेटेर नयाँ दल बनाउनेबारेमा गोप्य पराशर्म गरेको स्रोतले जनाएको छ ।

दल गठन गरेर मोहन वैद्यसँग पार्टी एकीकरण गर्नेबारेमा पनि शर्माले विकल्पका अगाडि सारेको स्रोतको भनाइ छ । शर्मासँगको भेटमा माओवादी केन्द्रका दुई दर्जन भन्दा धेरै केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो । स्रोत : नेपालपाना