☰ open Loading... 19 April 2024|  

याैन सम्बन्धकाे भिडियाे अपलाेड गर्ने धम्कीमा पैसा असुृल्ने एक यूवक सुर्खेतमा पक्राउ
  | ५ जेष्ठ २०७५, शनिबार २१:०१

फेसबुकमा कुराकानी गरेको आधारमा करिब नौ महिनाअघि दैलेखका एक युवकले पूर्वी नेपालकी एक युवतीसंग प्रेम सम्बन्ध कायम गरे । सुर्खेतको पिपीरा बस्दै आएका दैलेखका जीवन शाही आफ्नो डिभाईसबाट विभिन्न फेसबुक अकाउण्ट बनाएर चलाउँथे । उनले आफ्ना विभिन्न फेसबुक आईडीको प्रयोग गर्ने क्रममा एउटा आईडीबाट पूर्वी नेपालकी एकजना युवतीसंग च्याटमा कुरा गरेर प्रेममा पार्न सफल भए । उनले प्रेम सम्बन्ध मात्र कायम गरेनन्, जोडिएको प्रेम सम्बन्ध र फेसबुक अकाउण्टको दुरुपयोग गरेर ती युवतीबाट रुपैयाँ लिने कार्य गरे ।

उनले विस्तारै युवतIबाट नगद र अन्य गरि करिब ३ लाख बराबर लिए । जीवनले केही महिनाअघि जोडिएको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने आश्वासनमा युवतीलाई सुर्खेत बोलाएका थिए । सुर्खेतको एक होटलमा ती युवतीलाई लिएर गएका उनले दुईजनाबीच भएको यौन सम्बन्धको भिडियो बनाए ।

त्यसपछि विभिन्न कारण देखाउँदै उनले पूर्वी नेपालकी ति युवतीसंग विवाह गर्न नसक्ने भनेर बताए । केटीले अर्को ठाउँमा विवाह गरिन् । त्यसअघि प्रेम सम्बन्धमा हुँदा बनाइएको उक्त भिडियो सार्वजनिक गरिदिने भनेर धम्काउँदै उनले युवतीबाट समयसमयमा रुपैयाँ असुली रहे । ‘विगतमा केटीसंग केही सम्बन्ध थियो।

त्यसैका आधारमा बल्याकमेलिङ् गर्दै युवतीसंग केही पैसा लिने गरेको रहेछ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले भने, ‘उसले केटीसंग थप पैँसा माग्दा केटीले छैन भनेपछि उसले युवतीको श्रीमानको च्याटमा भिडियो पठाईदियो ।’ युवतीका अनुसार जीवनले उनीसंग पछिल्लो समय थप २ लाख रुपैयाँ मागेका थिए ।

उनका नुसार आफूसंग नभएका कारण आफूले रकम दिन नसक्ने बताएपछि जीवनले श्रीमानको फेसबुक च्याटमा शारिरीक सम्बन्ध राखेको भिडियो पठाईदिएका थिए । ती युवतीको श्रीमानको फेसबुक च्याटमा भिडियो पुगेको केही दिनमै पिडित युवतीले सुर्खेत आएर न्याय माग्दै प्रहरीमा उजुरी दिएकी थिइन् । सोही दिनको भोलीपल्ट नै प्रहरीले जीवनलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ । युवती भने आफूलाई उचित न्यायसहित क्षतिपुर्तिका माग गर्दै प्रहरीसमक्ष उजुरी दिएकी छन् । सुर्खेत प्रहरीले सार्वजनिक मुद्दा चलाएर पिडक जीवनको अनुसन्धान गरिरहेको छ ।

स्राेतः सेताेपाटी