☰ open Loading... 28 April 2024|  

भोली बस्दै कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन : यी हुने पेश हुने चार विधेयक
  | १० जेष्ठ २०७५, बिहीबार १९:३२

सुर्खेत ।  कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबार दिउसो १ बजे बस्दै छ । गत बैशाख १८ गते स्थगन भएको प्रदेश सभाको बैठक २३ दिनपछि आज बस्न लागेको हो ।


दोस्रो अधिवेशन बस्नु अगावै संसद्मा सात वटा विधेयक दर्ता भएका छन् । तीमध्ये सामाजिक संघसंस्था सञ्चालन तथा व्यवस्थापन विधेयक–२०७४, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी कानुन तर्जुमा गर्न बनेको विधेयक–२०७५, कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन–२०७५, कर्णाली प्रदेशको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियासम्बन्धी ऐन–२०७५ संसद्मा पेश हुने संसद सचिवालयले जानकारी दिएको छ ।

बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपछि प्राथमिकतामा आधारमा चार विधेयक संसदमा पेश हुने सहमति भएको एमाले सचेतक गुलावजंग शाहले बताए ।

उनका अनुसार पहिलो अधिवेशनकै क्रममा संसद्दर्ता भएको कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ पास हुनेछ । यस्तै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक–२०७५, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन–२०७५ पनि सचिवालयमा दर्ता भएका छन् । यी विधेयक संसदको अर्को बैठकमा पेश हुनेछन् । संसदको बैठक दिउसो १ बजे बस्दैछ ।