☰ open Loading... 25 April 2024|  

कर्णाली प्रिमियर लिग : आर्मी र रुपन्देही फाइनल प्रवेश
  | ११ जेष्ठ २०७५, शुक्रबार १७:२५

सुर्खेत । कर्णाली प्रिमियर लिग अन्तर्गत नवौं दिन सम्पन्न २ खेलहरुमा त्रिभुवन आर्मी क्लब र रुपन्देही ११ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफइनल खेलहरुमा आर्मी क्वब र रुपेन्देही विजयी भएपछि फाइनलमा यी दुई टिमको प्रतिस्पर्धा हुनेछ ।


समुह ‘ए’ को बिजेता रुपन्देही ११ ले उपविजेता मध्य–पश्चिम क्रिकेट क्लव तथा त्रिभुवन आर्मी क्लबले समुह ‘बि’ को बिजेता धनगढी क्रिकेट एकेडेमीलाई हराएपछि दुई टिम फाइलनमा प्रवेश गरेका हुन् ।

वीरेन्द्रनगर रंगशालामा यी दुवै टिमबिच शनिवार विहान ९ः३० बजे फाइनल खेल हुनेछ । शुक्रबार भएको पहिलो सेमीफाइनलमा रुपन्देही ११ ले मध्य–पश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित पराजित ग¥यो ।

टस हारेर पहिले ब्याटिंग गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनको योगफल तयार ग¥यो । रुपन्देहीको लागि सन्दिप सुनारले सर्वाधिक ५० रन बनाउन ३० बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

यस्तै बशिर अहमदले ४६ रन बनाउन विस्फोटक ब्याटिंग गर्दै मात्र १४ बलमा ५ छक्का र प्रहार गरे। यस्तै शंकर रानाले ३५ रन तथा निश्चल चौधरीले २२ रन बनाए ।

१७३ रनको लक्ष्य पछ्याउने क्रममा मध्य–पश्चिमले १९.५ ओभरमा १४६ रन मात्रै बनाउन सक्यो । कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ४६ रन, प्रनित थापाले २० रन तथा सिद्धान्त शाहीले १९ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन ।

रुपन्देहीको लागि सन्दिप सुनार र बिकाश श्रेष्ठले समान ३/३ विकेट तथा बिक्रक भुसालले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सन्दिप सुनार घोषित भए ।

यस्तै, शुक्रबार नै सम्पन्न दोस्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिंग गर्दै धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल खडा ग¥यो ।

उसको लागि कप्तान भुवन कार्कीले अविजित ४४ रन बनाउन ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै संजु दमाईले २३ रन, दिपेन्द्र थापाले २१ तथा रोमन बमले १६ रन योगदान दिए। त्रिभुवन आर्मी क्लबका चन्द्र साउद र सगर पुनले समान २/२ विकेट लिए ।

१३२ रनको लक्ष्य त्रिभुवन आर्मीले १६.५ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो । उसको लागि खेलको प्लेयर अफ द म्याच समेत चुनिएका नरेश बुढायरले अविजित ६३ रन बनाउन ३८ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै राजु रिजालले २८ रन बनाए भने सागर पुनले १४ रन तथा अनिल मण्डलले १३ रन बनाए ।