☰ open Loading... 16 April 2024|  

सेन्चुरी बैंकको ९५ औं शाखा सुर्खेतमा
  | १३ जेष्ठ २०७५, आईतवार २०:३८

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुेन्चुरी बैंकको ९५ औं शाखा सञ्चालनमा आएको छ । जुम्लारोडस्थित शाखाको नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सेन्चुरीसंगै वीरेन्द्रनगरमा विकास र बाणिज्य बैंकहरुको संख्या २७ पुगेको छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष शाहीले बैंकहरुको विस्तार भएपनि सेवा कम हुने गरेको बताए ।

उनले लगानीको प्रचुर सम्भावना रहेको प्रदेशमा बैंकहरुले खुलेर लगानी नगरिरहेको बेला सेन्चुरी बैंकलाई लगानी गर्नमा कञ्जुसाई नगर्न सुझाव दिए । ‘प्रदेशमा ठूला उद्योग छैनन्, यस्तो बेला बैंकहरु लगानी गर्न उत्सुक हुनुपर्छ’ शाहीले भने,–‘व्यापारिक क्षेत्रमा भन्दा उत्पादनशिल क्षेत्रहरुमा पनि लगानी गर्न आग्रह गर्दछु ।’

शहर केन्द्रीत बैंकहरु भएपनि शहरकै कतिपय जनताहरु बैंकको पहूँच बाहिर रहेको उनले जानकारी दिए । सुर्खेतमा धितो लिलाम गर्नु पर्ने अवस्था नरहेको भन्दै सम्भावित उद्योगको क्षेत्रमा खुलेर लगानी गर्न बैंकलाई सुझाए ।

बैंकका अध्यक्ष श्रेष्ठले बैंकको नारा सरल बैंकिङ्ग सबैका लागि भन्ने रहेकाले पहूँचभन्दा बाहिरका नागरिकलाई पनि सेवा प्रवाह गर्ने पतिवद्धता जनाए । बाहिरी कारोबारमा पनि लगानी गर्दै आएको जानकारी दिएका श्रेष्ठले बैंकिङ्ग पहुँच सरल तरिकाले जनता समक्ष पु¥याउने उल्लेख गरे ।

सेन्चुरीको झण्डै ९७ अर्ब पूजी परिचालन छ । विकासको क्रममा आर्थिक विकास र समृद्धी निर्माणमा सहयोग पु¥याउन आफूहरु आतुर रहेको अध्यक्ष श्रष्ठकाे भनाई थियो ।