☰ open Loading... 2 May 2024|  

बाम सरकारका कामभन्दा कुरा धेरै : थानी
  | १३ जेष्ठ २०७५, आईतवार १९:४९

सुर्खेत । वर्तमान बाम गठवन्धनको सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले आरोप लगाएका छन् । सुर्खेतको पाम्का र गर्पनमा भएको छुटाछुटै कार्यक्रममा नेता थानिले अहिलेको सरकार कामभन्दा कुरा धेरै गर्न लागी परेको पनि आरोप लागएका छन् ।

पूर्वमन्त्री समेत रहेका थानीले कांग्रेसको नेतृत्वमा भएको पूर्वाधार विकासको जगमा अब समृद्धि स्थापना गर्न जरुरी रहेको बताए । उनले समृद्धिको विकासको जग कांग्रेसले नै कोरेको भन्दै अव विकास निर्माणमा ढिलाई गर्न नहुने उल्लेख गरे ।

कांग्रेसले रणनीतिक योजनाहरु अगाडि ल्याएर आगामी निर्वाचनमा पहिलो पार्टी हुने गरी काम गर्न नेता कार्यक्रतालाई थानीले सुझाए । कार्यक्रममा क्षेत्रिय सभापति नारायण कोईरालाले अहिलेको सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको जिकिर गर्दै झुठा कुरा गरेर अझैपनि जनतालाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाए ।

उनले निर्वाचनमा कांग्रेस संगठनका हिसावले हारेपनि सिद्धान्तका हिसावले जितेको भन्दै अब संगठन निर्णममा आजैदेखि जुट्न नेता कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा तरुण दलका केन्द्रिय सदस्य डन्ड ढकालले कांग्रेसकै नेतृत्वमा हिमाल, पहाड र तराईलाई मिलाएर सर्वस्वीकार्य संविधान बनाउन सफल भएको भन्दै अव विकास निर्माणको गति बढाउनुपर्नेमा जोड दिए ।