Loading... 23 June 2018|   शनिबार, असार ९, २०७५

पत्रकार केसीलाई सम्मान

  |

दैलेख । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्यमा निर्वाचित नागरिक दैनिकमा सम्वाददाता गोविन्द केसीलाई दैलेख उद्योग बाणिज्य संघले सम्मान गरेको छ । संघका अध्यक्ष कुलबहादुर विक, पूर्व अध्यक्ष तथा बरिष्ठ सदस्य यामबहादुर मल्लले टिका र खादा ओडाएर सम्मान गरेका हुन् ।

उद्योग बाणिज्य संघको हलमा संघका पदाधिकारी सदस्यहरु माँझ सम्मान गरिएको हो । पत्रकारिता मार्फत जिल्लामै पहिलो पटक प्रदेश सदस्यमा निर्वाचित भएपछि जिल्लामा सम्मान गरिएको महासचिव राजेश हमालले बताए ।

त्यस्तै उक्त कार्यक्रममा उद्योग बाणिज्य संघले सेन्चुरी बैंकका अध्यक्ष तथा संञ्चालकहरुलाई स्वागत तथा सम्मान गरेको छ । अध्यक्ष राजेशकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत तुल्सीराज गौतम लगायतलाई सम्मान गरेको हो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १४, २०७५     12:29:24 PM
error: Content is protected !!