☰ open Loading... 19 April 2024|  

मुगुका आगलागी पीडितको विचल्ली, वर्खा अगावै अाेत लाग्ने घर बनाइ दिन माग
  | १४ जेष्ठ २०७५, सोमबार १२:५१

नन्द बहादुर रोकाया
मुगु । गत वैशाख २० गते भएको भिषण आगलागीबाट पीडीत मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्रीगाउँका १९ घरका पीडितहरु रुदै दिन कटाउन बाध्य भएका छन । १९ घरका १५० जना घर आगो लागेसंगै पालको छानोमा ओत्त लागी रात कटाइ रहेका छन् ।

बैशाख २० गते लागेकाे आगलागीबाट १९ घर जलेर पुर्ण रुपमा ध्वस्त भएका थिए । हालसम्म १७ घरले मात्र राहत पाएका स्थानीयकाे गुनासाे छ । आगलागीपछि सरकारी तथा गैर सरकारी निकायबाट तत्काल राहत सामाग्री पुगेपनि वर्खाकाे बेला टहरामा कसरी बस्ने भन्ने चिन्तामा पीडितहरू छन् ।

अग्नी पीडीत स्थानीयवासी अहिले विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट उपलब्ध गराएका पाल र गाउँलेले सहयोग गरेको काठ बेरेको टहरामा रात कटाउन बाध्य छन् ।

‘छिमेकीले दिएको खाने कुराले विहान बेलुकी पेट भरेका छौ तर विद्यालय जाने बालबालिका र गाई बस्तुको अवस्था देख्दा मन दुखेर आउछ, डाको छोडेर रुन मन लाग्छ’ सोनाम छिरिङ्ग लामाले भने ।

यो समय मुगुका पुर्वी भेगका स्थानीयवासीका यार्सा संकलन गर्न जाने समय हाे । यार्सा संकलन गर्दा उनीहरुको वर्ष भरिको आम्दानी हुन्छ । तर किम्री गाउँका अग्नी पीडित १७ घर परिवारलाई भने सकश देखिएको छ ।

घरमा भएको लुगा फाटो अन्नपात सबै जलेर नष्ट हुँदा हिमाल कसरी जाने भन्ने तनाव उत्पन्न भएकाे लामाले बताए । “एकसरो लुगा बाहेक अरु केही बचेन । आफन्त जनले नासो स्वरुप दिएको चिउरा, दालमोठ , चाउचाउ लिएर हिमालमा यार्सा टिप्न जानु परेको छ” कार्मा वाङ्गजुक लामाले भने ।

अग्नि पीडितका लागि तत्काल आधारभुत राहत व्यवस्था गरिए पनि उनीहरुको अस्थायी पुर्नवास व्यवस्थापनका लागि विभिन्न गैर सरकारी संघ संस्था, निजी क्षेत्रसंग समन्वय गर्ने कार्य जारी रहेको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले जनाएको छ ।