☰ open Loading... 3 May 2024|  

कर्णाली प्रदेश सरकार असफलताको उत्तराद्र्धमा ः शाही
  | २० जेष्ठ २०७५, आईतवार १९:००


सुर्खेत । आईतबार बसेको संसद बैठकमा नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहले प्रदेश सरकार असफलताको उत्तराद्र्धमा गइसकेको आरोप लगाएका छन् । सरकारले गर्नुपर्ने काम कारवाहीभन्दा आफूखुसी चल्न थालेकाले असफलताको उत्तराद्र्धमा लम्की रहेको शाहीले आरोप लगाएका हुन् ।

प्रदेश सरकार कोल्टे परिसकेको बताएका शाहीले भने, ‘अव आगामी दिनमा अघि कसरी बढ्छ, त्यो भने हेर्न बाँकी छ ।’

चालु आर्थिक वर्षको लागि ल्याइएको १ अर्ब ५ करोडको बजेट किन कार्यान्वयमा नआउनुको कारण सरकारसंग शाहीले माग गरे ।

‘प्रदेश सरकारमा तानाशाही हावी भयो’ शाहीले थपे, ‘जंगबहादुर राणाले उबेला जसको हातमा तरवार उसैको हातमा दरवार भन्थे, अहिले कर्णाली प्रदेश सरकारले पनि तानाशाहीशैलीको काम गर्न थालेको छ ।’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सार्वजनिक कार्यक्रममा जाँदा पदिय मयार्दा नराखेको पनि शाहीको आरोप छ । केही दिन अघि मुख्यमन्त्री शाही टिसर्टमै सार्वजनिक कार्यक्रममा जानु आपत्तिजनक विषय भएको उनले बताए ।