सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘हेलो मुख्यमन्त्री हटलाईन सेवा’ शुरु गरेको छ । भौगोलिक रुपमा विकट रहेको कर्णालीका जनताले आफ्नो गाउँ–ठाउँमा भइरहेका गतिविधि, तथा जनताका गुनासो सुन्ने र कार्यान्वय गर्ने हेतुले हेलो मुख्यमन्त्री हटलाईन सेवा शुरु गरिएको हो ।
‘हेलो मुख्यमन्त्री हटलाईन सेवा’ को उद्घाटन मुख्यमन्त्री शाहीले गरेका छन् । मुख्यमन्त्री कार्यालयमा अधिकृत तहको कर्मचारीले जनताले टिपाएका जनगुनोसाहरु मुख्यमन्त्री समक्ष पु¥याउने छन् ।
प्रदेश सरकारले जनतासंग प्रत्यक्ष रुपमा जनताको जनगुनासोहरु सम्बोधन गर्न हेलो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो । जनताका वस्तुगत समस्याहरुलाई सम्बोधन गर्न यो सेवा शुरु गरेको र प्रभावकारी रुपमा कार्यान्वय गरिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।
सरकार आफनै घरआँगनमा रहेको प्रत्याभुति दिलाउन र सरकारको सेवा प्रवाह तथा विकास निर्माणमा उनीहरुको सल्लाह, सुझाव र गुनासोको सम्वोधन गर्न यो सेवा शुरु गरिएको मुख्यमन्त्री शाहीको भनाई छ ।
‘हेलो मुख्यमन्त्री हटलाईन सेवा’ को शुभारम्भ गर्दै–गर्दै कालिकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसीकोटका दिपक वाँठामगरले गुनासो टिपाएका छन् । कालिकोट नरहरीनाथ गाँउपालिकाका प्रेमले जेठ १९ गते आफनी आमा मना सार्कीको हत्यारालाई कारवाहीको माग गरेका थिए ।
यता, मुसीकोट नगरपालिका बाँठामगरले त्रिभुवन जनता माविको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा भईरहेको ढिलाईका सम्वन्धमा गुनासो मुख्यमन्त्रीसंग पोखका थिए । मुख्यमन्त्री शाहीले दुवै जनाले उठाएको समस्या नोटीस गरेर सम्वन्धित निकायलाई समस्या सामाधानका लागि निर्देशन दिए । १०९६ नम्वरको हटलाईन सेवामा नागरिकले फोन गर्दा पैसा नलाग्ने व्यवस्था गरिएको छ ।
यसैविच, कर्णाली प्रदेशका मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालय र संसद सचिवालयको वेवसाईटको सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेशले गरेका काम कारवाहीलाई जनता समक्ष पु¥याउन वेव साईट सञ्चालनमा ल्याइएको हो ।
सूचना प्रविधिको उच्चतम प्रयोग नगरेकै कारण कर्णाली प्रदेशपछि परेको मुख्यमन्त्रीको भनाई छ । उनले जनतालाई सरकारले गरेको गतिविहिरुको थाहा दिन गाउँ–गाउँमा प्रभावकारी रुपमा ईन्टरनेट सेवा विस्तार गर्ने प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।