☰ open Loading... 17 November 2024|  

जनप्रतिनिधिबाटै भत्ता पाउँदा खुसी
  | ३१ जेष्ठ २०७५, बिहीबार १८:३५

दैलेख । दुल्लुनगर पालिका –१० गमौडीका ८७ वृद्धा दलबहादुर हमालले वडा कार्यालयबाटै भत्ता लिए । यसअघि उनी जनप्रतिनिधि नहुँदा दुल्लुनगरपालिकाको कार्यालयमै पुगेर भत्ता लिने गरेका थिए । बुढेसकालमा २ घण्टा लगाएर उनी दुल्लु पुग्ने गर्दर्थे । त्यतिमात्रै होईन् समयमा भत्ता पाउँदैनथिए । भनेको बेला कर्मचारी नभेट्नु अर्को पिडा हुन्थ्यो ।

तर, अहिले गाउँमै चुनिएका जनप्रतिनिधिको हातबाटै भत्ता पाउँदा सहज हुने गरेको हमालले बताए । हमालजस्तै वडा कार्यालयमा भत्ता लिन आएकी ७९ वर्षिया कौशिला खड्का पनि गाउँघरमै भत्ता पाउदा खुसी छिन् । जनप्रतिनिधि चुनिएपछि आफुहरुलाई भत्तासंगै अन्य दुखसुख साट्न सहज भएको खड्काको भनाई छ ।

जेष्ठ नागरिक हमाल र खड्का मात्रै होईन् वडा कार्यालयमा आफ्नो भत्तादेखी विकास निर्माणमा भएको प्रगतीबारे बुझ्न रुचीका साथ आउने गरेको पाईएको छ । सवै सुविधा वडा कार्यालयबाटै हुने भएकाले आफ्ना टोलमा भएको विकासदेखी भत्ता लिनसम्म जेष्ठ नागरिकहरु आउने गरेको दुल्लुनगर पालिकका –१० का वडाअध्यक्ष हर्कबहादुर खड्काले बताउँछन् ।

‘नजिकका लागि कार्यालयबाटै भत्ता दिन्छौं ।’ दुल्लुनगर पालिका –१० का वडाअध्यक्ष हर्कबहादुर खड्काले भने, टाढा र आउन नसक्ने बुवाआमाहरुलाई घरमै भत्ता दिने ब्यवस्था मिलाएको छु ।’ भत्तासंगै जेष्ठ नागरिकहरुले आफुले पाउने सेवासुविधाका बारेमा चासो दिएर भलाकुसारी गर्ने गरेको वडाअध्यक्ष खड्काले बताए ।

कर्मचारीतन्त्रबाट विगत २० वर्षसम्म चलेको कार्यालय अहिले जनप्रतिनिधि आईसकेपछि जनताहरुले भत्ता पाउने मात्रै होईन् समयमै वितरण गर्न दवाव समेत दिन्छन् । कमजोर आर्थिक अवस्था भएको जेष्ठ नागरिकहरुले आफु विरामी हुँदा औषधी उपचारका लागि वडाकार्यालयमा आएर आर्थिक सहयोगदेखी औषधी उपचारको ब्यवस्था मिलाएर जाने गरेका छन् ।

वडाअध्यक्षकै हातबाट भत्ता पाउँदा जेष्ठनागरिकहरु खुसी हुने गरेको कार्यालयले जनाएको छ । अहिले ७० वर्षभन्दा बढी जेष्ठ नागरिकहरु १ सय १२ जना रहेका छन् भने ७० वर्षभन्दामुनीका (दलित) ६० जना रहेका छन् ।

त्यस्तै भत्ता पाउनेहरुमा एकल महिलाहरु ९१, पूर्ण अपांगता ४ जना, आंशिक अपांगता ४ जना, विपन्न दलित बालकालिका १ सय १९ जना रहेका छन् । यो वर्षको अन्तिम चौमासिकमा १७ लाख १८ हजार २ सय रुपैँया सामाजिक सुरक्षा भत्तामा खर्च भएको वडाध्यक्ष खड्काले बताए ।