☰ open Loading... 1 May 2024|  

सर्वियाले कोस्टारिकालाई हरायो, कोलारोभको निर्णायक गोल
  | ३ असार २०७५, आईतवार २०:३०

काठमाडौं–२०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा सर्वियाले विजयी सुरुवात गरेको छ। समूह ‘ई’ अन्तर्गतको खेलमा सर्वियाले कोस्टारिकालाई १–० गोलले पराजित गरेको हो।

सर्वियाको जितमा कप्तान अलेक्जेन्डर कोलारोभाले निर्णायक गोल गरे। उनले ५६ मिनेटमा फ्रिकिकमार्फत लोभलाग्दो गोल गरेका थिए। कोलारोभले देब्रे खुट्टाले प्रहार गरेको फ्रिकिकलाई ‍कोस्टारिकाका गोलकिपर नाभासले रोक्ने कुनै मौका नै पाएनन्।

पहिलो हाफमा सर्वियाले राम्रो खेल पस्किएको थियो। मिडफिल्ड र डिफेन्सले उत्कृष्ट खेलेका थिए।

समूह ‘ई’ को अर्को खेलमा ब्राजिल र स्विट्जरल्यान्डबीच अाज राति ११ बजेर ४५ मिनेट प्रतिस्पर्धा हुँदैछ।