तरकारी आयतलाई ‘शुन्य’ र निर्यात बढाउने
चामुण्डा (दैलेख) ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाले कृषि आत्मनिर्भर बनाई आगामी दिनमा सम्बृद्धि नगरपालिका नीति अघि सारिएको छ । आईतबार नगर प्रमुख सुर्यबहादुर शाहीको अध्यक्षतामा भएको तेश्रो नगरसभामा नगर उप–प्रमुख ताराकुमारी शाहीले आगामी आर्थिक वर्ष २०७५÷०७६ पेश गरिएको नीति तथा कार्यक्रममा यस्तो नीति अघि सारिएको हो ।
यसैगरी आगामी आर्थिक वर्षका लागि उप–प्रमुख ताराकुमारी शाही खत्रीले ३२ करोड ९० लाख ४३ हजार बजेट पेश गरेकी छिन । भौतिक पुर्वाधार, कृषि, पर्यटन, सुशासन, सामाजिक सद्भावलाई मध्यनजर गर्दै आगामी आर्थिक २०७५÷०७६ को बजेट पेश गरिएको हो ।
कृषिमा आत्मनिर्भर बनाउन “एक समुह एक उत्पादन,एक गाउँ एक पहिचान” मध्यनजर गरी सहकारी खेति मार्फत कृर्षि व्यवसायलाई व्यावसायिक योजनाको माध्यामबाट कृषि वस्तु उत्पादनमा विषेश जोड दिईने बताईएको छ । कृषिमा आत्मनिर्भर बनाउन तरकारी आयतलाइै आगामी ३ वर्षभित्र शुन्य बनाई निर्यात गरिने नीति अपाईएको नगर सभामा पेश गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी “आम्दानीका लागी विरुवा र पानी,कृषि वस्तु उत्पादनमा नगरपालिकाको लगानी गर्ने उद्देश्यका साथ कृषि क्षत्रलाई उत्पादनमा व्यापकता गर्ने कार्यक्रम संचालन गर्ने “आवश्यक वस्तु आयात र कृषि वस्तु निर्यात आत्म साथ गर्दै कृषि उत्पादन वस्तुलाई अभियानका रुपमा संचालन गर्ने, घरेलु तथा साना उद्योग स्थापना, संचालन र सम्वद्र्धन कार्यक्रममा प्रोत्साहन गर्न साझेदारी कार्यक्रम संचालन गरिने नगर उप–प्रमुख शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी वातावरण र जैविक मैत्री कार्यक्रम संचालनका लागी फलफुलका विरुवा वृक्षारोपण गर्ने बताईएको छ । नगरपालिका भित्र भएका सडक वाटाहरुलाई जैविक मैत्री,वातावरण मैत्री र आयमुलक सडकका रुपमा विकास गर्न सडकको दाया वाया फलफुलका विरुवा वृक्षारोपण गरी आम्दानीको स्रोतलाई थप बृद्धि गर्ने बताईको छ ।
उत्पादनमा वृद्धि गर्नका लागि “घर फर्क कृषि अभियान” कार्यक्रम संचालन गरिनेछ । सो कार्यक्रमका लागि कृषि, भेटनरी शिक्षा अध्ययन गरि वसेका वेरोजगार युवाहरुलाई परिचालन गर्ने नीति तयार गरिनेछ । साथै एक घर,एक अगुवा कृषक उत्पादनमा जोड दिने नीति अघि सारिएको छ ।
नीजि स्वामित्वमा रहेको वाझो जग्गालाई पुर्ण उपयोग गर्ने, . रैथाने जातका विरुवाहरुलाई संरक्षण, गरपालिकाको वार्ड नं.६ को लैनचौरमा प्रदेशकै नमूना कृषि नर्सरी को स्थापना गर्ने तथा शित भण्डारको समेत निर्माण गर्ने, नगरपालिकाको लगानीमा स्थापित वोईलर दाना उद्योगलाई आगमी आर्थिक वर्षहरुमा गुणस्तरमा विकास गर्ने तथा यसको क्षमतामा वृद्धि गरी बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्योगको रुपमा विकास गराउने कार्य अघि बढाईने बताईको छ ।
विभिन्न स्थानमा विभिन्न प्रजातिका नर्सरीहरु स्थापना गर्ने, आलु,धान,मकै,आँप,अनार,ओखर र सुन्तला जातका विरुवाको पकेट क्षत्र तोकेर प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यक्रम संचालन गर्ने, व्यावसायिक खेतिका लागि कृषक समुह तथा सहकारी क्षत्रमा साना सिंचाई योजना कार्यक्रममा विशेष जोड दिने र रैथाने जातका पशुपंक्षी,कृषि तथा तरकारी विरुवालाई संरक्षण गर्ने कार्यक्रम संचालन गरिनेछ ।
नीति तथा कार्यक्रममा शिक्षालाई गुणस्तरीय बनाउन जोड दिएको नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
आन्तरिक पर्यटनलाई प्राथमिकता
नगरपालिका क्षेत्र भित्र धार्मिक पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले आन्तिरिक पर्यटनलाई विशेष जोड दिईने बताईएको छ । थप पर्यटकीय क्षेत्र बनाउन नगरपालिका वडा नं. ६ को वत्काचौरमा निर्माधिन नगर पार्कको कामलाई तिव्र रुपमा अघि बढाईनेछ । अमर सिंह धोलीको सालिका निर्माण गर्ने, नगरपालिकाको धार्मिक,सास्कृतिक,ऐतिहासिक र पुरातात्यिक सम्पदाहरुको संरक्षण,सम्वद्र्धन र विकासका लागी ईतिहास लेखन तथा वृत्तचित्र निर्माण गरि प्रचार प्रसार गरिने बताईएको छ ।
यसैगरी पर्यटन क्षेत्रलाई अर्थतन्त्रको आधारको रुपमा विकास गरी नगरपालिकाका विभिन्न स्थानमा नगरपार्कहरु, मानव निर्मित तालहरु, विशेष खालका खेल मैदानहरु लगायतका कार्यहरुको निर्माण गर्ने र यस नगरमा रहेका प्राकृतिक रुपमा प्राप्त पर्यटनको क्षेत्रमा विशेष योगदान पु¥याउने खालका जलगुफा जस्ता स्थलहरु, सँस्कृति, कला, लोकगाथा लगायत धार्मिक क्षेत्रहरु जस्तै चामुण्डा माई को मन्दिर,विन्द्रसैनी माई मन्दिर अन्य मन्दिरहरुको लागत संकलन गरी इतिहास लेखन,गुरुयोजना बनाउने तथा यस नगरपालिकाको धार्मिक,सास्कृतिक,ऐतिहासिक दृष्टिकोणले महत्व राख्ने मठ मन्दिरमा पद मार्ग को निर्माण गर्ने कार्य अघि बढाइने उप प्रमुख शाही खत्रीले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख गरिएको छ । पञ्चकोशी क्षेत्रमा पर्ने पादुका स्थानमा एक अक्षयकोष को यसै अर्थिक वर्षमा स्थापना गरिने छ ।
व्यवसायिक शिक्षा जोड
युवाहरुलाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ आगामी वर्षको नीति तथा कार्यक्रममा व्यवसायी तथा प्राविधिक शिक्षामा जोड दिने नगर उप प्रमुख ताराकुमारी शाही –खत्री) ले बताईन । गुणस्तरीय शिक्षाका नगरपालिकाले शिक्षकले लिएको कक्षा संख्या,अनुशासन,नियमितता,विषयगत उतिर्णाङ्कका आधारमा पारदर्शि रुपमा दण्ड तथा पुरुष्कारको नीति अवलम्व नीति अघि सारेको छ ।
यस नगरपालिका भित्र रहेका अपाङ्ग , टुहुरा, आर्थिक रुपले गरि तथा जेहेन्दार विद्यार्थिहरुका लागि उच्च शिक्षा बाट बन्चित हुन नपरोस भन्ने उद्धेश्य राखि आगामी दुई वर्ष भित्र नगरपालिकाको कुनै एक विद्यालयमा त्यस्ता बालबालिकाको लागि आवासीय सेवा सुविधाको व्यवस्था गर्ने, कला सांस्कृति, भुगोल जानकारी र विद्यार्थीलाई थप जिम्मेवारी वहन गराउने उद्देश्यका नगरपालिकाले व्यवसायिक नागरिक नामक स्थानीय पाठ्यक्रम निर्माण गरी शिक्षामा व्यवशायिक नीति अघि सारिएको उनले बताईन । चामुण्डा कलेजमा वन विज्ञान संकाय संचालन गर्न मध्यपश्चिाञ्चल विश्वविद्यालयसंग पहल गरिने उनको भनाई छ ।
यसैगरी नगरपालिकाको मातवतमा संचालन हुने गरी नगरपालिका वडा नं. ३ मा रहेको चामुण्डा माध्यमिक विद्यालयमा आगामी आर्थिक वर्ष २०७५÷०७६ देखि आवाशिय सेवा सहितको तीन वर्षिय वाली विज्ञानमा स्थापना गरिनेछ । जयदेव माध्यमिक विद्यालय जम्बुकाँधमा विज्ञान संकाय, मानविकि संकाय र प्राविधिक तथा सिभिल सब ओभरसियर, वन विज्ञान अध्यापन गराउने कार्यको आवश्यक वातावरण तयार गरि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रत्येक विद्यालयलाई अपाङ्गमैत्री, लैङ्गिक मैत्री , खानेपानीको उचित व्यवस्था सहित भौतिक पुर्वाधार बनाउने बताईएको छ ।