☰ open Loading... 19 April 2024|  

अवैध ५४ जना कर्मचारी हटाईयो
  | ११ असार २०७५, सोमबार १६:५१

दैलेख । टाठीकाँध गाउँपालिकामा अवैध रुपमा राखीएका ५४ कर्मचारीलाई हटाईएको छ । वन संरक्षण सम्वन्धी कार्यक्रम बनाएर राजनितिक कार्यकर्ताहरु भर्ना गरि तलव खुवाउने प्रक्रियामा रहेका ५४ कर्मचारीलाई हटाईएको हो ।

गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले कर्मचारी भर्नामा सहमती दिई राखिएको थियो । वन संरक्षण कार्यक्रमको नाममा नयाँ कर्मचारी थपेर तलवभत्ता खुवाउनका लागि मन्त्रालयको निर्देशन र ऐनकानुन कार्यविधि विपरित भएकाले सार्वजनिक सुचना निकालेर हटाईएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए । वन संरक्षण सम्वन्धी कार्यक्रम हुनुपर्नेमा तलवभत्तामुखी कार्यक्रम भएकाले सो कार्य गर्न नसकिने स्पष्ट निर्देशन भएकाले हटाईएको न्यौपानले बताए ।

यो वर्ष वन संरक्षण सम्वन्धी गाउँपालिकाले १० लाख रुपैँया खर्चिदै थियो । गाउँपालिकाका विभिन्न वन समितिहरुमा कर्मचारीलाई तलव खुवाउँने गरि राखीएको थियो । कार्यपालिकाको बैठकमै अध्यक्ष शाहीले ५४ जना कर्मचारीलाई तलवभत्ता खुवाएर १० लाख सक्नुपर्ने अडान लिईरहेको भएपनि स्थानीय विकास मन्त्रालयको दिएको निर्देशनमा तलवभत्ता खुवाउने नपाईने भएपछि गाउँपालिकाको कार्यालयमा सुचना टाँस गरेर हटाईएको एक कार्यपालिका सदस्यले बताए ।

गाउँपालिकाले वन सरक्षणभन्दा पनि कार्यकता पोस्नेलाई र्खिर्चन थालेको रकम रोके निर्णय एकदमै राम्रो भएको काँग्रेसका गाउँपालिका सभापति रक्षाबहादुर शाहीले बताए । वन हेरालु कर्मचारी हटाईएपछि वन संरक्षणका लागि वृक्षारोपण लगायतका कार्यक्रममा पैसा खर्च गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले वन संरक्षणकै लागि हेरालु राख्न खोजेको प्रतिक्रिया दिए ।