☰ open Loading... 17 May 2024|  

टोलमै खानेपानी पाउँदा खुशी
  | १७ असार २०७५, आईतवार १६:०३

दैलेख, भनपडे धारा र मछैना धाराकै भरमा दुई घण्टा लगाएर पानी ल्याउनुपर्ने बाध्यता रहेका भगवतीमाई गाउँपालिकाको वडाभैरवमा स्थानीयहरु अहिले टोलमै पानी पुग्दा खुसी साटेका छन् । ९ सय ७५ मिटर टाढा रहेको मुलबाट पानी ल्याएर ६ वटा टोलमा ६ वटा धारा निर्माणपछि दुःखका दिनहरु गएपछि स्थानीयहरुले खुसी साटेका हुन् ।

उनीहरुले २ महिना लगाएर खानेपानी निर्माण सम्पन्न गरि घरमै पानीको सुविधा ल्याएका हुन् । खानेपानी योजनामा स्थानीयहरुले धेरै जनश्रमदान पनि गरेका छन् । łआफुहरुले दुई घण्टा लगाएर स्थानीय धाराहरुबाट पानी खानुपर्ने बाध्यता थियो । स्थानीय नरबहादुर शाहीले भने, गाउँकै समस्या खानेपानी भएकाले सवै घरधुरी एकजुट भएर बेलैमा योजना सकेर पानी खाईरहेका छौं । शिखरद्धारी कृषि तथा पशु पालन समुहले आफै खानेपानी योजना निर्माण गरेका हो ।

आशा परियोजनाबाट ९ लाख ९३ हजार ९ सय २१ रुपैँयामा स्थानीय खुसी भएर गुणस्तरिय योजना निर्माणमा लागेका हुन् । यो गाउँमा ३७ घरधुरी खानेपानीबाट लाभान्वित भएको समुहका अध्यक्ष नगेन्द्र बुढाले बताए । łहामीलाई सडकभन्दा पनि पानी चाहिएको थियो । अध्यक्ष बुढाले भने, हाम्रो माग अनुसार घरमै जोडिएका चौविसै घण्टा पानी आयो । हामीलाई सडकभन्दा पानी पाएर खुसी छौं । मर्मत सम्भार समिति बनाएर त्यहाँ सवै उपभोक्ताले पैसा संकलन गरेर खानेपानी नरोकिनका लागि सचेत भएको समितिले जनाएको छ ।