☰ open Loading... 17 May 2024|  

बर्दियाका १२ सुन व्यवसायी पक्राउ
  | १८ असार २०७५, सोमबार ११:२८

बर्दिया । बर्दियाका १२ जना सुन व्यवसायलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले पक्राउ गरेको छ । आईतवार जिल्ला प्रशासन कार्यालय बर्दियामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

आम उपोभोक्ताहरुको हितका लागि बर्दियाका विभिन्न स्थानीय तहमा संचालनमा आएका सुन पसलमा अनुगमनगरी संकलनगरिएका सुनका नमूनामा ८ प्रतिशत अन्य धातु मिसावट भएको पाईएको हुँदा व्यवसायीहरुलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

प्रशासनले गुलरिया नगरपालिकाबाट विजयलक्ष्मी सुनार, सन्तोषी सोनी र इश्वरकुमार विश्वकर्मालाई पक्राउ गरेको छ । त्यसैगरी बाँसगढी नगरपालिकाबाट यमलाल बिश्वकर्मा, ईन्द्रकुमार सुनार,सिता सुनार, त्रिभुवन सुवर्णकार शिवकुमार सुनार र राजापुर नगरपालिकाबाट कबिराम बि.क., भगवान शरण सोनी,प्रशुराम सुनार,निमप्रकाश सुनारलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्बाङले वताए ।

उनीहरुलाई कालोबजार तथा सामाजीक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाहीको लागि पक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कुरुङ्बाङले बताए । ऐन अनुसार ९ महिना कैद वा २ लाख जरिवाना वा दुवै सजाय हुनसक्ने प्रशासनले जनाएको छ ।