☰ open Loading... 24 February 2025|  

पहिरो कारण कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
  | १८ असार २०७५, सोमबार १२:२२

सुर्खेत, आइतबार देखिको अविरल वर्षातका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको हो । कर्णाली राजमार्ग अन्तर्गतको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ।

अवरुद्ध राजमार्ग खुलाउन पहिरो गएको ठाउँमा डोजर पुगे पनि वर्षात भइरहेकोले पहिरो हटाउन समस्या भएको ट्राफिक प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

१८ दिनमा १२ पटक पहिरो कर्णाली राजमार्गअन्र्तगतको गगनेखोलामा असारको १८ दिनमध्ये १२ पटक पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ। पानी पर्ना साथ गगनेखोलामा पहिरो जाने भएकाले १८ दिनमध्ये १२ दिन राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेत, नेपालगंजबाट कालिकोट जुम्ला र मुगुका लागि आएका यात्रु अलपत्र परेका छन्। यस्तै, कालिकोटबाट मुगु र जुम्लाबाट सुर्खेत नेपालगंजका लागि हिँडेका यात्रु पनि बीच बाटोमै अलपत्र परेका छन्।