☰ open Loading... 2 May 2024|  

८० हजार घुस रकमसहित इन्जिनियर पक्राउ
  | २५ असार २०७५, सोमबार १६:२६

सुर्खेत । सेवाग्राहीबाट घुस रकम लिँदै गरेको अवस्थामा इन्जिनियर पक्राउ परेका छन् । जिल्ला प्राविधिक कार्यालय जाजरकोटमा कार्यरत ईन्जिनियर अन्जयकुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

ईन्जिनियर देवले सिंचाई आयोजनाको कार्य सम्पन्न प्रतिवेलन बनाइदिने बहानामा सेवाग्राहीबाट घुस रकम मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

कार्यालयका अनुसार देवले सेवग्राहीबाट ८० हजार रकम माग गरेका थिए । आफ्नै कार्यकक्षमा घुस रकम लिने क्रममा पक्राउ गरिएको अख्तियारले जनाएको छ । यस विषयमा थप अनुसन्धानका लागि ईन्जिनियर देवलाई आयोगको सुर्खेतस्थित कार्यालयमा राखिएको छ ।