☰ open Loading... 29 March 2024|  

एन्फा कपकाे उपाधी सैनिक महाविद्यालयले चुम्याे
  | २५ असार २०७५, सोमबार २०:४५

सुर्खेत । वीरेन्द्रनगरमा जारी एन्फा कपकाे उपाधी सैनिक महाविद्यालयले जितेकाे छ । एन्फाको बार्षिक कार्यक्रम अन्तरगत वीरेन्द्रनगरमा जारी प्रतियाेगिताकाे अन्तिम दिनकाे खेलमा कपकाे उपाधी सैनिक महाविद्यालयले जितेकाे हाे ।

सुर्खेतको रंगशालामा साेमबारकाे अन्तिम फाइनल खेलमा सैनिक आवासिय महाविद्यालय र एसोएस हर्मनमाईनरबिच भएको थियाे । खेलमा सैनिकले एसोएसलाई ० का बिरुद्ध ३ गोल गर्दे उपाधि जित्याे । खेलको ४० औं मिनेटमा सैनिक महाविद्यालयका प्रकाश आचार्य पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

पहिलो हाफसम्मको खेलमा सैनिकले १ गोलको अग्रता रहेता पनि एसएसले राम्रो प्रदर्शन गरेन् । तर खेलको ५५ औं मिनेटमा अनिल के.सी.ले टिमलार्इ दाेस्राे गाेल गर्दै अग्रता दिए । केसीले डिबक्सबाट गोल गरे ।

२ गाेलले अग्रता लिएकाे सैनिक महाविद्यालयले एसोएसको रक्षा पंक्ति कम्जोर भएको फाईदा उठाउदै कमल गुरुंगले खेलको ५८ औं मिनेटमा तेस्रो गोल गरे । जिल्ला फुटवल संघ सुर्खेतकाे अायाेजनामा आषाढ १६ देखि एन्फ कप प्रतियाेगिता शुरू भएकाे थियाे।  खेलमा १८ टिमको सहभागीता थियो ।