☰ open Loading... 28 February 2025|  

श्रीमानले अर्की श्रीमती नल्याएको भन्दै श्रीमतीले गरिन् आत्महत्या
  | २६ असार २०७५, मंगलवार १८:५८

पर्वत : महिलाहरुले आफ्नो श्रीमानले अर्को विवाह गर्दा बहुबिबाहको मुद्धा दायर गर्ने, सम्बन्ध बिच्छेद गर्ने र कतिपयले आत्महत्या समेत गर्ने गरेका छन्। तर बागलुङकी एक महिलाले भने श्रीमानले अर्को विवाह गर्न नमानेको भन्दै आत्महत्या गरेकी छिन्।

जिल्लाको बडीगाड गाउँपालिका –९, साविकको दर्लीङ गाविस १ निवासी डिल बहादुर मल्लकी ४३ वर्षीया श्रीमती गीता मल्लले गएको आईतबार राति झुण्डिएर आत्माहत्या गरेकी हुन्। छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दबाब दिँदै आएकी गीताले लेखेको ‘सुसाईड नोट’ मा आँफु स्वेच्छाले मरेको उल्लेख गर्दै श्रीमानलाई अर्को विबाह गर्न अनुरोध गरिएको छ।

गीताले उक्त नोटमा विबाह गरेर गुल्मीमा रहेकी एक मात्र छोरीलाई आँफू रहुन्जेल श्रीमानले विवाह नगरेको भन्दै आँफू मरेपनि वुबालाई अर्को विवाह गर्न सहयोग गर्न अनुरोध गरेकी छिन्। आईतबार साँझ दम्पत्तिलेसँगै खानाखाएपछि गीताले श्रीमानको लागि विस्तारा तयार परिन। श्रीमान ओछ्यानमा पल्टेपछि आँपूm केहीबेर टीभी हेरेर आउने भन्दै उनी कोठाबाट बाहिरीएकी थिईन।

सधैँ टिभी. हेरेर केही ढिला सुत्ने जाने गीता त्यो दिन भने बिस्तारामा नभएको कुरा डिलबहादुरले बिहान ३ बजेमात्र थाहा पाएका थिए।  गीताले आँफूबाट थप बच्चा नभएको भन्दै आफ्ना श्रीमानलाई पटक–पटक अर्को विवाह गर्न अनुरोध गरे पनि श्रीमानले अर्को विवाह गर्न आवश्यक नरहेको भन्दै विवाह गर्न अस्वीकार गर्दै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

थाहाखबरबाट