☰ open Loading... 1 May 2024|  

५१ हजार नगदसहित वीरेन्द्रनगरमा ६ जुवाडे पक्राउ
  | २७ असार २०७५, बुधबार २०:०७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले बुधबार दिउँसो वीरेन्द्रनगर–६ शनिहल लाइनबाट उनीहरुलाई जुवा खालबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–७ का यमबहादुर मस्र्याङ्गीमगर, वीरेन्द्रनगर–१० का बद्रीलाल विक, वीरेन्द्रनगर ६ का रामबहादुर सुनार, गुराँस गाउँपलिका–५ का नगेन्द्र केसी, चौकुने गाउँपालिका १ का अर्जुनबहादुर कठायत र जयबहादुर बडुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार जुवा खालबाट ५१ हजार सातसय नगद रुपैयाँ र पाँच गड्डी तास बरामद गरिएको छ । शनिहल लाइनस्थित सल्यानी अाेलीकाे काेठामा जुवा खेलिरहेकाे विशेष सूचना पाएपछि उनीहरुलार्इ पक्राउ गरिएकाे रेग्मीकाे भनार्इ छ ।

घरेलु मदिरा, जुवातास र लागु औषध विरुद्ध विशेष अप्रेशन सञ्चालन गरेर सादा पोशकका प्रहरीहरु जिल्लामा परिचालन गरिएकाे रेग्मीले उल्लेख गरे । पक्राउ परेका ६ जनाविरुद्ध जुवातास ऐन अन्तरगत मुद्दा चलाइने प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।