☰ open Loading... 20 April 2024|  

साउनमा लाटीकोईलीमा धार्मिक शिव महामहोत्सब
  | २७ असार २०७५, बुधबार २१:११

सुर्खेत । यहाँको प्रख्यात धार्मीक स्थल वीरेन्द्रनगर ९ को लाटीकोईलीमा धार्मीक शिव महामहोत्सब २०७५ शुरू हुने भएको छ । साउन ७ गतेदेखी १७ गतेसम्म शिब मन्दिर परिसरमा महोत्सब सञ्चालन हुने मेला आयोजक समितिले जानकारी दिएकाे हाे ।

जीवित मन्दिरहरु मध्येको एक मन्दिर लाटीकोईली शिव मन्दिर रहेको र यसलाई आकर्षक र पर्यटकिय स्थलको रुपमा विकास गर्नको लागी मेलाको आयोजना गर्न लागीएको मेला आयोजक समितीका संयोजक ध्रुव कुमार श्रेष्ठले बताए ।

श्री सम्बत् १६३९ मा स्थापना भएको हिन्दु धर्मावलम्बीहरुको पुरानो मन्दिर लाटिकोईलीको शिबमन्दिरलाई संरक्षण र आकर्षक बनाउने भन्दै मेलाको आयोजना गरिन लागिएकाे हाे । ‘सुर्खेतको प्रख्यात पर्यटकिय स्थल कांक्रेविहारको आडैमा भएको लाटीकोईली शिबमन्दिरमा भक्तजनहरुको भिडलाग्ने तर मन्दिरमा आउने भक्तजनहरुका लागी खानेपानी, शौचालय जस्ता आधारभुत कुराहरु केहि नभएकोले यो महोत्सबको आयोजना हुन लागेकाे श्रेष्ठले बताए ।

मेलाबाट उठेको रकमले मन्दिर वरीपरि तारबार तथा शौचालय, फुलबारी र सादुआश्रम निर्माण गरिने छ । शिब मन्दिर लागुपदार्थ प्रयोगकर्ताहरुको थलो बन्दै गरेकोले यसलाई भक्तजनको आकर्षणको थलो बनाउने महोत्सबको मुख्य उद्देश्य रहेको समेत श्रेष्ठले बताए ।

मेलामा करिब १ करोड रकम उठ्ने अनुमान अायाेजककाे छ । महोत्सबमा शिवपुराण, योग, शिवभजनकृतन तथा विभिन्न धार्मीक प्रस्तुती, लक्ष्यवत्ति प्रज्वलन, सामुहिक व्रतबन्ध, गाईको परिक्रमा गरी गोदन लगाएतका कार्यक्रम महोत्सबमा रहने छन् । महोत्सबमा रकम दान गर्ने दाताहरुलाई खादा तथा दोसल्लाले सम्मान गरिने आयोजकले बताएको छ ।