☰ open Loading... 20 November 2024|  

गुँरासमा लिफ्टिङ्गबाट खानेपानी
  | ३० असार २०७५, शनिबार १८:१९

दैलेख, गुरासँ गाउँपालिका–४ दोवाटोमो लिफ्ङ्गिमार्फत खानेपानी योजना सुचारु गरिएको छ । गाउँपालिकाको सहयोगमा मुहान नभएका बस्तीमा लिफ्टिङ्गबाटै खानेपानी योजना सम्पन्न गरिएको हो ।

गाउँपालिको ३ र ४ वडाका ९१ घरधुरीलाई लक्षित गरि आयोजना निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेशविक्रम शाहले बताए । सोलार सिस्टमबाट बस्तीदेखी निकै तल रहेको मुहानबाट डाँडाँमा पानी तानेर टंकीमा झारिएको हो । सुख्खा डाँडाँमा रहेका बस्तीहरुमा चरम खानेपानी अभाव रहेको थियो । घाम लागेका बेला सोलारबाट पानी डाँडाँमा झर्ने गर्दछ । खानेपानीका लागि पाईप, खन्ने काम र टंकी निर्माणमा गाउँपालिकाले १० लाख सहयोग गरेको गरेको छ । त्यस्तै स्थानीयले नगदद १ लाख रुपैँया उठाएका छन् । अधिकारका लागि पहुँच कार्यक्रम तथा सामाजिक विकास मञ्च बाँके २ लाख ६० हजारमा सहयोग गरेको छ ।

खानेपानी समस्या रहेको लेकाली भेक दोवाटोमा पानी आउँदा स्थानीयहरु खुसी भएका छन् । नियमित पानी चलेपछि हाम्रो जिवनयापन नै परिवर्तन हुने खानेपानी योजनाकी सचिव गगांकुमारी सारुले बताईन् । गाउँपालिकामै पहिलो पटक परिक्षण रुपमा आयोजना गरिएको गाउँपालिकाका ईन्जिनियर सरोज दाहालले बताए । यो योजना सफल भएमा गाउँपालिकामा धेरै यस्ता योजनाहरु हुने दाहालको भनाई छ । गुराँसे आफैमा लेकाली ठाउँ भएकाले घाम कम लाग्ने चुनौती छ ।