☰ open Loading... 17 May 2024|  

नारायणमा दुई पटक मूल्याकंन
  | ३० असार २०७५, शनिबार १८:१३

दैलेख, नारायण नगरपालिकाले योजनामा गुणस्तर नभएको गुनासो आएपछि योजनामा दुई पटक मुल्याकंन गरेको छ । नगरपालिकाका उपप्रमुख सावित्री मल्लले आफै योजना स्थलमा पुगेर प्राविधिकहरुलाई नाप्न लगाएर मात्रै भुक्तानी दिने गरिएको हो ।

प्राविधिकहरुले नापी सकेको योजनाहरुमा पुनः उपप्रमुखको रोहवरमा योजना अनुगमन तथा मुल्याकंन गरेर भुक्तानी दिईएको छ । केही योजनाहरुमा विवाद देखीएपछि उपप्रमुख मल्लले आफनै रोहवरमा मुल्याकंन गर्न लगाएकी हुन् ।

विगतमा मुल्याकंन भईसकेका योजनाहरुमा राम्रो नभएको आवाज उठेपछि म नै पुगेर पुनः मुल्याकन गर्न लगाएको छु । योजना अनुगमन संयोजक तथा उपप्रमुख सावित्री मल्लले भनिन् ः कसैले कुरा उठान नसक्ने गरि मुल्याकंन गरेर भुक्तानी दिन आफै योजना स्थानमा पुगेको छु । प्रमुख प्रशासकिय अधिकृत जगत बस्नतेसहित ईन्जिनियर हिक्मत रोकायलाई लिएर पुनः योजनाको मुल्याकंन गर्न उपप्रमुख मल्ल असार अन्त्यतिर योजना स्थलमा हिड्ने गरेकी हुन् । पहिले पनि मुल्याकंन भएको योजनामा उपप्रमुखको रोहवरमा फेरी मुल्याकंन गरेर भुक्तानी दिनका लागि प्रकृया अघि बढाईएको प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले बताए ।

नारायण नगरपालिकामा केही ठेकेदार र उपभोक्ता समितिको काममा अनियमितिा भएको भन्दै चर्को विरोधपछि दुई पटक मुल्याकन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

ठुलो र विवादित योजनामा फेरी मुल्याकंन भएको ईन्जिनियर हिक्मत रोकायले बताए । नारायण नगरपालिकाका भवानी तौलिया सडक, जाहारकोट, कुसाडासडक, श्रीस्थान सडक तथा बजारमामा गरिएको पिच तथा नालीका कामप्रति स्थानीयहरु सुन्तुष्ट छैनन् । त्यस्तै प्रत्येक वडामा २५ लाखमाथिका योजनामा पनि अनियमितता भएको आरोप स्थानीयहरुले लगाएपछि अनुगमन तथा मुल्याकंनमा कडा गरिएको छ ।

नगरपालिकामा आयोजना राम्रो नभएको गुनासो आएका सवै योजनामा अनुगमन तथा मुल्याकंनमा कडाई गरेर भुक्तानी दिने ब्यवस्था मिलाईएको अनुगमन संयोजक मल्लले बताईन् ।