☰ open Loading... 3 May 2024|  

२० वर्षपछि फ्रान्स फेरि विश्‍वविजेता
  | ३२ असार २०७५, सोमबार ०९:४३

काठमाडौं, फ्रान्स रसियामा भएको विश्वकपको उपाधि हात पार्न सफल भएको छ।

आइतबार राति मस्कोस्थित लुजिन्की रंगशालामा भएको फाइनलमा क्रोएसियालार्इ ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको हो। यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो।

फ्रान्सका लागि केइलिएन एमबाप्पेले ६५औँ, पउल पोग्बाले ५९, एन्टोनियो ग्रिजम्यानले ३९औँ मिनेटमा गोल गरेका थिए।

एक गोल फ्रान्सले क्रोएसियाका मारियो मान्डुकिचको आत्मघातीबाट पाएको थियो। मारियोले १८औँ मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए। क्रोएसियाका लागि भने इभान पेरिसिकले २८औँ र मारियो मान्डुकिचले ६९ औँ मिनेटमा गोल गरेका थिए।

क्रोएसियाले उपाधि नजितेपनि फाइनलसम्मको यात्रा हालसम्मकै उसको ठूलो सफलता हो। केवल ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषय व्यापक चर्चामा रह्यो।