☰ open Loading... 3 May 2024|  

जन्मदिनमा अनार्थलाई सहयोग
  | ३२ असार २०७५, सोमबार १४:३९

दैलेख, एक अभिभावकले आफ्नो छोराको जन्म दिनको अवसरमा फजुल खर्च घटाएर अनार्थ बालिकालाई आर्थिक सहयोग गरेका छन् । नारायण नगरपालिका –६ निवासी रञ्जना थापा र गोविन्द केसीले छोरा सौगात केसीको ७ वर्ष पुरा भएको जन्मदिनको अवसरमा नारायण नगरपालिका – ११ जुफियाँकी १० वर्षिया अनार्थ बालिका भगवती रावललाई पाच हजार रुपैँया आर्थिक सहयोग गरिएको हो ।

घरको आर्थिक अवस्था कमजोर भएको र पढाईमा समस्या भएकाले आर्थिक सहयोग गरिएको हो । फर्जुल खर्चभन्दा जन्मदिनमा मानव सेवा नै सर्वोकृष्ट काम हुने भएकाले सहयोग गरिएको सौगातको आमा रञ्जनाले बताईन् । ४ वर्ष पहिले भगवतीको बुवा भिमबहादुर रावतको मृत्यु भएको र आमा रत्ना रावत मानसिक विरामी भएकाले उनका ४ छोराछोरी खानपान र पढाईमा समस्या हुने गरेको मानबहादुर बडुवालले बताए । माईलो भाई लोकेश रावत, सेतु रावत पढ्छन् भने अर्को भाई भुपेन्द्र घरमै छन् ।
आफ्नो जन्मदिनमा अनार्थ बालिकालाई आर्थिक सहयोग गर्दै सौगात ।