☰ open Loading... 2 May 2024|  

सेवासंगै विपत्ती निम्त्यायो ताल्च विमानस्थलले (फाेटाेकथा)
  | ६ श्रावण २०७५, आईतवार १४:११

नन्द बहादुर रोकाया
मुगु । मुगु जिल्लाको एक मात्रै हवाई सेवाको ताल्च विमानस्थलले सेवा सुविधासंगै विपत्ति निम्त्याएको छ । ताल्च विमानस्थल पिच भएसंगै पानीको नहर बुका खोलामा मिसाईएकाले ताल्च विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिमामा परेका हुन् ।

खोलामा आएको बाढीले सयौं बिगाहा जमिन कटान गरेको छ । पानी नै नआउने बुका खोलामा वर्षातमा परेकाे पानीले खोलामा बाढी अाउँदा पहिरोका कारण स्थानीय भने चिन्तित भएका छन् ।

बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्रम बस्न थालेका छन् । पानीसंगै आउने बाढीले ताल्चा बिमानस्थल तलका बस्तीमा दिनप्रतिदिन समस्या जटिल बनेकाे छ । बुका खोलाले सयौ बिगाह जमिन पनि कटान गरेको छ । खोलको आसपासका बस्ती जोखिममा परेका यस प्रति कसैले ध्यान नदिएका छायाँनाथ रारा नगरपालीका वडा नं ४ का हिलादाङ्ख नेपालीले बताए ।

खोलाले खेति योग्य जमिन पनी कटान गरेको छ । प्रति बर्ष यसरी नै खेत कटान गदै जाने हो भने विमानस्थलको भविश्य सुरक्षित नहरेको उहाँको बुझाइ छ । खोलाले बर्षनी कटान गदै जाने हो भने यसबाट खोलाको शिरमा रहेको रारातालको जमिनलाई पनि क्षति पुग्ने छायाँनाथ रारा नगरपालीका वडा नं ४ का स्थानीय राज्य नेपालीले बताए ।

ताल्चा विमानस्थलले निम्त्याएको यो समस्या छिटो समाधान गर्न स्थानीयले सरोकारवाला निकाय स्थानीय तहका प्रतिनिधि समक्ष माग गरेका भएपनी सुनुवाई नभएको स्थानीयको भनाई छ ।

गमगढी बालै हुदै पिना सम्मको सडक पहिरोले अवरुद्ध

यता मुगु सदरमुकाम गमगढीदेखि बालैहुँदै पिनासम्म जोडिएकोे सडक पहिरोले अवरुद्ध भएको छ । बर्षातको पानी संगै सडकमा पहिरो झरे पछी सडक अवरुद भएको हो ।

सडकको ठाउँ ठाउँमा पहिरो गहेको छ भने बुका खोलामा आएको पहिरोले सडक अवरुद्ध हुनका साथै आवतजावतमा निकै समस्या भएको छ । अवरुद सडक खुलाउने पहल काही कतैबाट नभएकाे स्थानीले अाक्राेश जनाएका छन् ।

बुका खोलामा बर्षेनि पहिरो जाने र सडक अवरुद्ध हुने गरेको भएपनी मर्मत सम्भार दिर्गकालीन सडक बनाउन कसैले चासो देखाएका छैनन । सडकमा पहिरो जाँदा यात्रा गर्ने यात्री लाई समस्या भएको छ ।

हिउदँका महिनामा सामान्य जिप र ट्याक्टरहरु सञ्चालन हुने भएपनि बर्षातको सिजनमा यो सडक बर्षेनी नियमित रुपमा अवरुद्ध हुने गरेको छ । ताल्चा बिमानस्थल कालोपत्र भएसगै पानीका नहर बुका खोलामा मिसाईएकाले पनीताल्चा बिमानस्थल तल रहेको सडक बुका खोलाले गर्दा खोला आसपासको सडक मा बर्षेनी पहिरो जाने गर्दछ ।

सडकको ट्रयाक खोलेको झण्डै ७ बर्ष वित्यो तर अझैपनि यस सडक खण्डमा सहज रुपमा यातायातका साधन गुड्न सक्दैनन् । मर्मत सम्मारको अभावमा सडक दिनप्रतिदिन जिर्ण र जोखिम पूर्ण बन्दै गएको छ । साविकका तिन गाविसबासी प्रत्येक्ष लाभाविन्त हुने यस सडक पछिल्लो समय मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएपछि सडकखण्डमा गरिने यात्रा जोखिमपूर्ण बन्दै गएको हो ।

सदरमुकाम देखि १० किलोमिटर अगाडि पिनागा बि स सम्म पुगेको सडकलाई वि.स. २०६८ सालमा साविकका तिन गा बि स कार्काीवाडा, श्रीनगर र पिना गा बि सको कर्णाीली रोजगारको रकममा विस्तार गरि गमगढी बालै हुदै पिना सम्म पु¥याइएको थियो ।

त्यस पछी गहेको बर्ष साविकको जिल्ला बिकास समितीको सहयोगमा ५० लाखमा सडक मर्मत गरीएको भएपनी त्यो काम झारा टार्ने पैसा कमाउने प्रविधिले मात्र काम भएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का हिद्धय सिङ्क नेपालीले बताए । उहाँले भन्नु भयो सडक भने पुरानै गोरेटो बाटो जस्तै छ ।

यो समस्या बर्षेनी हुन्छ तर गमगढी बालै पिना सडकको स्तर उन्नतीको लागी कसैले चासो देखाएका छैनन । सडक सञ्जाल विस्तार भएपछि स्थानीयलाई सदरमुकाम आवत जावत गर्न तथा दैनिक खाद्यान्न लगायतका सामाग्री ढुवानीमा सहज भएपनि सडकको स्तरोन्नती नहुँदा असुरक्षित यात्राले स्थानीय हैरानीमा परेका छन ।

सडक विस्तार भएको लामो समय भईसक्दा समेत सडकको मर्मत सम्भार र स्तरोन्नतीमा स्थानीय सरकार र जिल्ला स्थित राजनितीक नेतृत्वहरुको ध्यान नपुगेको स्थानीयले गुनासो गरेका छन । सडक जिर्ण बन्दै गहेपछी बिद्यार्थी वृद्ध वृदा लाई आवत जावतमा निकैै समस्या भएको छ ।