☰ open Loading... 20 April 2024|  

नरहरीनाथ र राजापुरमा “जलकचहरी”
  | १६ श्रावण २०७५, बुधबार १७:२६

सुर्खेत । कालिकोटको नरहरीनाथ र बर्दियाको राजापुर नगरपालिका“कर्णाली बेसिनउत्थानशीलजलस्रोत व्यवस्थापन बहु–सरोकार वाला जलकचहरी” सुरु भएको छ । डिएआईको प्रािबधिक सहयोग र किर्डाक नेपालको सहजिकरणमा पानी परियोजना अन्र्तगत जलकचहरी सुरु भएको हो ।

जलकचहरीमा बिशेषगरी कर्णाली जलाधार व्यवस्थापनका लागि स्थानिय सहयोग र सहकार्यबाट समस्या, चुनौती र अवसरका वारे छलफल गर्नका लागि बहु सरोकारवालाहरुको मञ्चको व्यवस्थार जलाधार व्यवस्थापनमा सुधार गरि समूदायकालाई जलवायु परिवर्तन अनुकुलनका लागि सशक्तीकरण गरिनेछ ।

यसैगरी जलवायु उत्थानशील समुदायनिर्माण तथा जलाधार व्यवस्थापनका लागि स्थानिय सरकारको नीति निर्माणमा वा मुलधारमा ल्याउनकालागि स्थानिय सरकारको क्षमता अभिबृद्धि समेत गरिनेछ ।

यस परियोजनाले नगरपालिका क्षेत्र भित्रको वातावरण संरक्षण, जलवायु परिवर्तन र त्यसको असर, स्वच्छ पानी जैविक विविधता संरक्षण, विपद व्यवस्थापन, स्थानिय र समुदायिक अनुुकूलन कार्ययोजना निर्माण र कार्यन्वयनका लागि सरोकार वालाहरुलाई जिम्मेवारी र उत्तरदायी बनाउन र आवश्यक समन्वयका लागि नगर स्तरीय उर्जा, वातावरण तथा जलवायु परिवर्तन समन्वय समिति गठनका लागि सहजिकरण गर्नेछ । जलकचहरी वडा र नगर स्तरमा सञ्चालन गरिनेछ ।

राजापुर नगरपालिका र नरहरीनाथ नगरपालिकाका जन प्रतिनिधिहरु समेतको संयुक्त सहभागितामा जलकचहरी कार्यक्रम सञ्चालन गरिनेछ । परियोजनाले नगरपालिकाको विकासका लागि संकटना सन्न क्षमता लेखाजोखा औजार प्रयोग गरी स्थानिय तथा समुदायिक अनुकूलन कार्ययोजना निर्माण गर्न सहजिकरण गर्नेछ ।

यसैगरी नगरपालिकाको कर्मचारी तथा जनप्रतिनिधीहरुको क्षमता विकासका लागि वर्षाको पानी संकलन र पानीका स्रोत व्यवस्थापनका लागि तालिम, विपद जोखिम न्यूनिकरण, जलवायु परिवर्तन अनुकुलन र जलस्रोत व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिनेछ । परियोजनाले नगरपालिकाहरुको अबलोकन भ्रमणका लागि पनि सहयोग गर्ने कार्यक्रम संयोजक शुसिला श्रेष्ठले जानकारी दिइन् ।

ब्र्दियाको राजापुर नगरपालिकामा परियोजनाको परिचयात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । किर्डाक नेपालका कार्यक्रम निर्देशक गोविन्द बहादुर शाहीको अध्यक्षता र राजापुर नगरपालिकाका नगर प्रमूख शिव प्रसाद चौधरीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।

किर्डाक नेपालले कर्णाली पाँचवटै जिल्लाहरु संगै काभ्रे, सुर्खेत, रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ्ग, काभ्रे, कपिलबस्तु, डडेलधुरा, कञ्चनपुर र काठमाण्डौंमा मानवअधिकार, जीवीकोपार्जनमा सहयोग, भौतिक निर्माणमा सहयोग, शिक्षामा पहुंच र गुणस्तरीय शिक्षामा सहयोग, सुचना सम्बन्धी हकको लागि पैरवी, दैविक प्रकोप जोखिम न्युनिकरणमा सहयोग, महिला सशक्तिकरण लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।