☰ open Loading... 20 April 2024|  

हिमान्सीको जन्मोत्सवमा वृद्धाश्रमलाई सहयोग
  | १७ श्रावण २०७५, बिहीबार १८:५०

सुर्खेत । वीरेन्द्रनगरको एक विद्यालयमा अध्ययनरत छात्राले आफ्नो जन्मदिनमा विद्धाश्रममा सहयोग गरेकी छन् । वीरेन्द्रनगर–९ मा रहेको विश्वज्योति एकेडेमीको कक्षा ३ मा अध्ययनरत छात्रा हिमान्सी श्रेष्ठले जन्मदिनमा वृद्धाश्रममा सहयोग गरेकी हुन् ।

श्रेष्ठले अाफ्नाे ११ अाैं जन्माेत्सवमा प्रशान्ति वृद्धाश्रम केन्द्रमा रहेका वृद्ध–वृद्धाहरुसंगै मनाएकी छन् । साेही अवसरमा विश्वज्योति एकेडेमीले अाफ्नाे कार्यतालिका अनुसार केन्द्रलार्इ नगद रु‍ पाँचहजार एकसय पाँच रुपैयाँ, खाद्यन्न र फलफूल समेत सहयाेग गरेकाे  छ ।

उनले केन्द्रका वृद्धवृद्धाहरुलार्इ जुस र फलफुल समेत खुवाएकी थिइन् । केन्द्रका वृद्धवृद्धाहरुले उनकाे उज्वल भविष्यकाे कामना गर्दै हिमान्सीलार्इ टिका लगाएर अाशिर्वाद दिएका थिए । कार्यक्रममा अाश्रमका पदाधिकारी, एकेडेमीका सचिब चेतप्रसाद अधिकरी, प्रधानाध्यापक सुवर्ण भूषण मानन्धर, शिक्षकशिक्षिकाहरुकाे समेत उपस्ठिती थियाे ।