☰ open Loading... 3 May 2024|  

सल्यानकाे बन्गाड खाेलाले दिएकाे सास्ती (भिडियाे)
  | १७ श्रावण २०७५, बिहीबार १९:०३

सरिता चलाउने
सल्यान । छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोलामा आएको बाढीका कारण दुई दिनदेखि यातायात सेवा अवरुद्ध भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा रहेको बन्गाड खोलामा दुई दिनदेखि लगातार बाढी आएपछि यातायात सेवा अवरुद्ध भएको हो ।

भिडियाे/तस्वीर साैजन्य : कपिल खड्का

खोलामा वाढि आए पछि केही सवारी खोला पार गर्दा खोलामै फसे पछि नगरपालीकाको डोजरले उद्धार गरेको छ । काठमाण्डौ,नोपलगञ्ज,सुर्खेत हुदै विभिन्न स्थानबाट आतव जावतको लागि हिडेको गाडिहरु खोलाका कारण गन्तव्यमा पुग्न नसकेको इलाका प्रहरी कार्यालय सल्लीवजार जनाएको छ।

 

बाढीले सडक अवरुद्ध पारेपछि गाडीमा सवार सयौँ यात्रुहरू अलपत्र परेका छन् । डोजरको माध्यमबाट केही ठूला गाडीलाई पास गर्न प्रयास गरे पनि उक्त प्रयास सफल नभएको स्थानीय दीपक यरीले बताए । उनले भने – ‘यो समस्या आजको मात्रै हैन प्रत्येक वर्ष भोग्दै आइरहेको समस्या हो ।

खोलामा फसेका गाडीलाई डोजरको माध्यमबाट उद्धार गरियो । केही ठूला गाडीलाई डोजरको साहेयताले पास गराउन सकिन्छ की भनेर दिनभर प्रयास गरियो तर सफल हुन सकिएन ।’

निरन्तर वर्षा भइरहेका कारण बाढी कम हुने सम्भावना तत्काल कम भएको यरीको भनाइ रहेको छ। पक्की पुलको जिम्मा पाएको निमार्ण कम्पनीले निमार्णमा ढिलाइ गर्दा यस्तो समस्या आफूहरूले भोग्नु परेको यात्रुहरूको भनाई रहेको छ । यातायातको सेवा अवरुद्ध भएपछि गन्तव्यसम्म पुग्न यात्रुलाई सास्ती भएको समेत भएकाे छ ।