☰ open Loading... 23 December 2024|  

सकियाे शिव महामहाेत्सव : एक करोड ११ लाख दान रकम संकलन
  | १७ श्रावण २०७५, बिहीबार १९:४१

सुर्खेत । वीरेन्द्रनगरको लाटीकोईलीस्थित शिव मन्दिरमा जारी शिव महामहोत्सव सम्पन्न भएको छ । प्रदेशकै ऐतिहासिक, प्राचिन एवंम् धार्मिक मन्दिरमा जारी महामहोत्सवमा एक करोड पाँच लाख दान रकम संकलन भएको छ ।


धार्मिक महामहोत्सवमा नगद १ करोड ५ लाख ११ हजार १ सय ११ र ६ लाख बराबरको जग्गा गरी कुल १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दान संकलन भएको आयोजक समितिले जानकारी दिएका छ ।

महामहोत्सवको समापन समारोहमा बोल्दै भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के.सी.ले महोत्सवमा एकवद्धसहित कार्यक्रम सम्पन्न गरेकोमा धन्यवा व्यक्त गरिन् । उनले राजनिती पाटीहरुले पनि यसबाट केहि कुरा सिक्न जरुरी भएको बताउँदै दल सत्तामा जाने बित्तिकै अर्का प्रतिपक्ष दलले बिरोध गर्ने परिपाटी गलत भएको औल्याइन् ।

मार्गर्दशन–संकल्पकर्ता श्रद्धेय श्री गोविन्द शरण महाराजले ७९ वटा महापुराण मध्य यो नै उदाहरिणय रहेको बताए । शिव मन्दिरमा जारी महामहोत्सवमा उदारो नभई नगदमै दान रकम संकलन भएकोमा उनले खुसी व्यक्त गरे ।

धार्मिक शिव महामहोत्सव २०७५ मुल आयोजक समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले महामहोत्सव भव्य र सभ्य रुपमा सफल बनाउन मन, वचन,कर्म र गक्ष अनुशार दान दिई सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गरे । उनले महोत्सवको आय–व्यय सम्बन्धी हिसाबलाई एक हप्ता भित्र पत्रकार सम्मेलनमार्फत जानकारी गराउने प्रतिवद्धता जनाए ।

समापन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रमदेशका मुख्य न्यायाधिवक्ता बिधाभूषण मानन्धर, बरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, वडा नं.०९ का वडा अध्यक्ष सरेशमानन्धर, समाजसेवी डम्बर जि.सी, नगर बिकास समिति सुर्खेतका अध्यक्ष नारायणकुमार कोईराला लगायतको उपस्थिती थियो ।